पाँच तारा साकोसको १५औं वार्षिक साधारणसभा सम्पन्न, उद्यमशिलता अभिवृद्धिमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पाँच तारा साकोसको १५औं वार्षिक साधारणसभा सम्पन्न, उद्यमशिलता अभिवृद्धिमा जोड

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारणसभा असोज ८ गते, शनिबार सम्पन्न भएको छ । 

सभाको उद्घाटन साकोसका अध्यक्ष भोला नाथ पाठकको अध्यक्षता र साकोसका  ज्येष्ठ सदस्य लक्ष्मण प्रसाद आचार्यको प्रमुख आतिथ्यतमा भएको थियो ।  

साकोसले सहकारी विभागले जारी गरेको साधारणसभा सम्बन्धी मार्गनिर्देशन पालना गर्दै जेष्ठ सदस्यबाटै सभाको उद्घाटन र सदस्यहरुमाझ प्रतिवेदन प्रस्तुती तथा प्रतिवेदनमाथी छलफल गरी सभालाई बढीभन्दाबढी सदस्य सहभागिता उन्मुख बनाएको थियो । 

सञ्चालक समितिको तर्फबाट सभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पाठकले गत आर्थिक वर्षमा राजनीतिक खिचातानीसँगै आर्थिक मन्दी, तरलता अभाव र मुलुकले विविध समस्या झेल्नु परेको बताउनुभयो । सहकारी सबै क्षेत्र र वर्गलाई समेटेर उत्पादन, बचत तथा लगानीका लागि प्रोत्सहन गर्ने संस्था भएकाले सहकारीमा सदस्य बन्न पाउनु गर्वको विषय भएको उहाँले बताउनुभयो । 

सहकारी ऐन २०७४ ले उस्तै प्रकृतिको एउटा मात्रै संस्थामा सदस्य बन्न पाउने व्यवस्था गरेकाले सदस्यहरुलाई आफ्नो वित्तीय कारोबारका लागि पाँचतारालाई छनौट गर्न उहाँले आग्रह गर्नुभयो ।

 संस्थाको ऋण लगानी तथा असुलीलाई प्रभावकारी बनाउन कानुन र व्यवहारिक सबै प्रक्रिया अवलम्बन गर्ने, तरलता व्यवस्थापन गर्न ब्याजदर हेरफेर र निर्धारण गर्ने, सीइओ नियुक्तिको प्रक्रिया अगाडि बढाउने, नियामक निकायले अनुगमन पछि दिएका सुझावहरुलाई कार्यान्वयन गर्नेतर्फ साकोसका गतिविधि केन्द्रीय गर्नेमा आफु प्रतिबद्ध रहेको बताउनुभयो ।
 
साकोसका कोषाध्यक्ष श्री कुमार विमलीद्वारा प्रस्तुत आ.व.२०७८/०७९ को आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक सुशिल प्रसाईले प्रस्तुत गरेको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा संस्थाको सेयर पुँजी ७ करोड ७८ लाख २५ हजार ३ सय रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षमा सेयर पुँजी ८ करोड १२ लाख ५६ हजार पुर्याउने लक्ष्य संस्थाले लिएको छ । त्यस्तै संस्थाको जगेडा कोषमा ५ करोड ५० लाख ४४ हजार ६ सय ३१ रुपैयाँ रहेको छ भने अन्य कोषमा ४ करोड ५२ लाख ८४ हजार ४ सय ४३ रुपैयाँ रहेको छ । त्यस्तै संस्थागत विकास कोषमा १ करोड ८ लाख ४६ हजार १ सय ६९ रुपैयाँ रहेको छ । संस्थाले यस वर्ष ५७ करोड ४१ लख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी ७३ करोड ९० लाख ६९ हजार कर्जा लगानी गर्न सफल भएको छ । संस्थाले २ करोड २४ लाख ९९ हजार ८ सय ७७ रुपैयाँ खुदमुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले सदस्यलाई १८ प्रतिशत लाभांश दिने प्रस्ताव समेत साधारण सभाले पारित गरेको छ ।

साकोसले सदस्यहरुमा उद्यमशीलता विकास गर्न उद्यम खाताको शुरुवात गरेको र त्यसमा ४ सय ५० जना सदस्य सहभागी भएको बताउनुभयो । सहकारीमार्फत उद्यमशीलता विकासमा जोड दिने उद्देश्य रहेकोेले उद्यम खातामा आफ्नो सहभागिता बढाउन सदस्यहरुलाई आग्रह गरिएको थियो । 

साधारण सभाको अवसरमा सदस्यहरुलाई सम्मान, राहत रकम हस्तान्तरण गर्नुका साथै ७० जना जेष्ठ सदस्यलाई दशैं खर्च प्रदान गरिएको थियो ।

साकोसले गत आवमा २०३ नयाँ सदस्य वृद्धि गर्न सफल भएको छ भने चालु आ.व. मा संस्थाहरुबीच एकिकरण गर्ने, सेवाकेन्द्र विस्तार गर्ने, पाँचतारा बचत खातामा सहभागी सदस्यहरुको लागि पेन्सन स्किमको कार्यविधि पारित गर्ने जस्ता लक्ष्य लिएको अध्यक्ष पाठकले जानकारी गराउनुभयो ।

समुदायमा आधारित भएर सदस्यकेन्द्रित कारोबार गर्दै आएको पाँचताराले विभिन्न सामाजिक क्रियाकलाप गतिविधि गर्दै आएको छ भने सदस्यहरुलाई प्रविधिमैत्री सेवा प्रदान गर्न मोबाइल बैंकिङ र एटिएम मेशिनको व्यवस्था गरेको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप