सामुदायिक साकोसको २८औं वार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामुदायिक साकोसको २८औं वार्षिक साधारणसभा सम्पन्न

काभ्रे । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.पनौती ४ टौखालको २८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

साधारणसभा एकाई सभा अन्तर्गत मुख्य कार्यालय पनौती ४, टौंखालमा, कुशादेवीमा, बनेपाको वडा नं. १० वडा कार्यालयमा, पाँचखाल नगरपालिकामा, धुनिदेवी सेवाकेन्द्रमा र काठमाडौंको धुम्बाराहीमा सम्पन्न भएका थिए । 

मुख्य कार्यालय पनौतीमा साकोसको सातौ एकाई साधारणसभा सहित समापन भएको थियो । साकोसका अध्यक्ष प्रकाश बन्जाराको अध्यक्षतामा आयोजित समापन समारोहका प्रमुख अतिथि पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारी हुनुहुन्थ्यो । 

सभामा पनौती नगरपालिकाकी उपप्रमुख गीता बन्जारा, बागमती प्रदेश बचत संघका अध्यक्ष उद्धव सापकोटा, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मा लगायत वडाका प्रतिनिधि र स्थानीय सहकारीकर्मीहरुको आतिथ्यता रहेको थियो । 

सभामा संस्थाको आव ०७८/०७९ को प्रगती प्रतिवेदन र आव ०७९/८० को योजना तथा बजेट संस्थाका कोषाध्यक्ष प्रताप ताम्राकार, सचिवको प्रतिवेदन सचिव मुकुन्द शर्मा र लेखा सुपरिवेक्षण समिति तथा बाह्य लेखा परिक्षकको प्रतिवेदन लेखा समितिका संयोजक हरिप्रसाद तिमल्सीनाले प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा संस्थाको कुल वासलात रु. ३ अर्ब ६७ करोड ३५ लाख १३ हजार ८०१ र सञ्चालन बचत मुनाफा रु १२ करोड ५० लाख ५८ हजार २९८ र संस्थागत पुँजी रु. २९ करोड ९६ लाख ९० हजार ७७४ रहेको विवरण प्रस्तुत गरिएको थियो । 

कुल सदस्य संख्याको ६३ दशमलव ८० प्रतिशत सदस्य सहभागिता रहेको सभामा सामुदायिक साकोस, युवा साकोस बीच भएको एकीकरण सम्झौता पारित गर्दै सदस्यहरुलाई शेयर लाभांश कोषबाट १८ प्रतिशतका दरले शेयर लाभांश वितरण गर्ने र संरक्षित पुँजी फिर्ता कोष वितरण गर्ने निर्णय गरेको थियो । 

साधारणसभाका प्रमुख अतिथि नगरप्रमुख भण्डारीले सामुदायिक साकोस र युवा साकोसबीच भएको विग मर्जरका लागि बधाई ज्ञापन गर्दै संस्थाको आकार बढेसँगै सदस्यहरुको अपेक्षालाई पनि समेटेर सदस्य हितका लागि साझा अवधारणासहितको योजना र कार्यक्रम ल्याउन आग्रह गर्नुभएको थियो । 

सभाध्यक्ष प्रकाश बन्जाराले सहकारी अभियानको नियामकीय निकाय साथै छाता संगठनहरुबाट अभिभावकीय भूमिका प्रदान गर्न आग्रह गर्दै सामुदायिक र युवा साकोसबीच भएको एकीकरण अभियान एकीकरणका लागि पहिलो प्रयास रहेको बताउँदै साकोसको पहिलो प्राथमिकता सदस्य हित हुनुपर्नेमा जोड दिनुभयो । 

सामुदायिक साकोस र युवा साकोस एकीकरण पश्चात साकोसको कुल वासलात ४ अर्व २२ करोड हुने र सदस्य संख्या ५० हजार भन्दा बढी हुने सभाध्यक्ष बन्जराले बताउनुभयो । साधारणसभाले सामुदायिक साकोस र विन्धबासीनी साकोस बीच पनि एकीकरण गर्ने प्रस्ताव पारित गरेको छ । 

भर्खरै
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन

२४ घण्टा अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि सिर्जना महिला साकोसमा नेफ्स्कूनको अनुगमन
सहकारी सुशासन सुदृढीकरणका लागि सिर्जना महिला साकोसमा नेफ्स्कूनको अनुगमन

१ दिन अगाडि

सहकारी सुदृढीकरण अभियान अन्तर्गत प्यासिफिक साकोसको सुपरिवेक्षण
सहकारी सुदृढीकरण अभियान अन्तर्गत प्यासिफिक साकोसको सुपरिवेक्षण

२ दिन अगाडि

प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण
प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण

२ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

३ दिन अगाडि

२५ वर्षको यात्रा सम्झिँदै वीरेन्द्रनगर साकोसद्वारा स्मारिका विमोचन, योगदानकर्तालाई रजत सम्मान
२५ वर्षको यात्रा सम्झिँदै वीरेन्द्रनगर साकोसद्वारा स्मारिका विमोचन, योगदानकर्तालाई रजत सम्मान

३ दिन अगाडि

स्याङजा स्थित श्री देउराली साकोसको स्थलगत सुपरिवेक्षण 
स्याङजा स्थित श्री देउराली साकोसको स्थलगत सुपरिवेक्षण 

३ दिन अगाडि

महिला एकता साकोसमा नेफ्स्कूनको नियमित स्थलगत सुपरिवेक्षण
महिला एकता साकोसमा नेफ्स्कूनको नियमित स्थलगत सुपरिवेक्षण

३ दिन अगाडि

लोकप्रिय
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

३ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

५ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना
चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना

१० दिन अगाडि

नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन
नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन

१२ दिन अगाडि

पाठकबाट थप