सामुदायिक साकोसको २८औं वार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामुदायिक साकोसको २८औं वार्षिक साधारणसभा सम्पन्न

काभ्रे । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.पनौती ४ टौखालको २८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

साधारणसभा एकाई सभा अन्तर्गत मुख्य कार्यालय पनौती ४, टौंखालमा, कुशादेवीमा, बनेपाको वडा नं. १० वडा कार्यालयमा, पाँचखाल नगरपालिकामा, धुनिदेवी सेवाकेन्द्रमा र काठमाडौंको धुम्बाराहीमा सम्पन्न भएका थिए । 

मुख्य कार्यालय पनौतीमा साकोसको सातौ एकाई साधारणसभा सहित समापन भएको थियो । साकोसका अध्यक्ष प्रकाश बन्जाराको अध्यक्षतामा आयोजित समापन समारोहका प्रमुख अतिथि पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारी हुनुहुन्थ्यो । 

सभामा पनौती नगरपालिकाकी उपप्रमुख गीता बन्जारा, बागमती प्रदेश बचत संघका अध्यक्ष उद्धव सापकोटा, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मा लगायत वडाका प्रतिनिधि र स्थानीय सहकारीकर्मीहरुको आतिथ्यता रहेको थियो । 

सभामा संस्थाको आव ०७८/०७९ को प्रगती प्रतिवेदन र आव ०७९/८० को योजना तथा बजेट संस्थाका कोषाध्यक्ष प्रताप ताम्राकार, सचिवको प्रतिवेदन सचिव मुकुन्द शर्मा र लेखा सुपरिवेक्षण समिति तथा बाह्य लेखा परिक्षकको प्रतिवेदन लेखा समितिका संयोजक हरिप्रसाद तिमल्सीनाले प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा संस्थाको कुल वासलात रु. ३ अर्ब ६७ करोड ३५ लाख १३ हजार ८०१ र सञ्चालन बचत मुनाफा रु १२ करोड ५० लाख ५८ हजार २९८ र संस्थागत पुँजी रु. २९ करोड ९६ लाख ९० हजार ७७४ रहेको विवरण प्रस्तुत गरिएको थियो । 

कुल सदस्य संख्याको ६३ दशमलव ८० प्रतिशत सदस्य सहभागिता रहेको सभामा सामुदायिक साकोस, युवा साकोस बीच भएको एकीकरण सम्झौता पारित गर्दै सदस्यहरुलाई शेयर लाभांश कोषबाट १८ प्रतिशतका दरले शेयर लाभांश वितरण गर्ने र संरक्षित पुँजी फिर्ता कोष वितरण गर्ने निर्णय गरेको थियो । 

साधारणसभाका प्रमुख अतिथि नगरप्रमुख भण्डारीले सामुदायिक साकोस र युवा साकोसबीच भएको विग मर्जरका लागि बधाई ज्ञापन गर्दै संस्थाको आकार बढेसँगै सदस्यहरुको अपेक्षालाई पनि समेटेर सदस्य हितका लागि साझा अवधारणासहितको योजना र कार्यक्रम ल्याउन आग्रह गर्नुभएको थियो । 

सभाध्यक्ष प्रकाश बन्जाराले सहकारी अभियानको नियामकीय निकाय साथै छाता संगठनहरुबाट अभिभावकीय भूमिका प्रदान गर्न आग्रह गर्दै सामुदायिक र युवा साकोसबीच भएको एकीकरण अभियान एकीकरणका लागि पहिलो प्रयास रहेको बताउँदै साकोसको पहिलो प्राथमिकता सदस्य हित हुनुपर्नेमा जोड दिनुभयो । 

सामुदायिक साकोस र युवा साकोस एकीकरण पश्चात साकोसको कुल वासलात ४ अर्व २२ करोड हुने र सदस्य संख्या ५० हजार भन्दा बढी हुने सभाध्यक्ष बन्जराले बताउनुभयो । साधारणसभाले सामुदायिक साकोस र विन्धबासीनी साकोस बीच पनि एकीकरण गर्ने प्रस्ताव पारित गरेको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप