मिलिजुली कालिञ्चोक साकोसको २९औं वार्षिक साधारणसभा सम्पन्न, प्राथमिकतामा प्रविधियुक्त सेवा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मिलिजुली कालिञ्चोक साकोसको २९औं वार्षिक साधारणसभा सम्पन्न, प्राथमिकतामा प्रविधियुक्त सेवा 

दोलखा । चरिकोटमा सञ्चालित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि.ले २९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा साकोसका अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षता तथा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो । 

संस्थाले भाद्र ३० गते बिहीबार पहिलो र आश्विन ३ गते दोस्रो एकाईको गरेर साधारण सभा सञ्चालन गरेको थियो । दुवै एकाईहरु बाट निर्णय प्रमाणित गर्नको लागि उपस्थित भएका शेयर सदस्यहरु सम्मिलित सभा एवं संस्थाको २९ औं बार्षिक साधारण सभा शनिबार समापन गरेको हो । 

साधारण सभा समापन कार्यक्रममा आ।ब। २०७८।०७९ मा उत्कृष्ट कारोवार गर्ने नियमित बचतकर्ता शेयर सदस्य, जेष्ठ शेयर सदस्य, अशक्त शेयर सदस्य, पत्रकार, पुर्व सञ्चालक, पुर्व लेखा सुपरिवेक्षण समिति, उत्कृष्ट सेवाकेन्द्र, उत्कृष्ट ऋण कारोवार गर्ने सदस्य, उद्यमी शेयर सदस्य, सेवाकेन्द्र स्तरमा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यहरु, वर्ष उत्कृष्ट कर्मचारी, सेवाकेन्द्र उत्कृष्ट कर्मचारी, पुर्व कर्मचारी गरी २८ बिधामा सम्मान, प्रशंसा तथा पुरस्कार बितरण गरेको छ । 

आ.ब. २०७८।०७९ को अन्त्य सम्ममा संस्थाको कुल वासलात १ अर्ब २४ करोड ७५ लाख ६९ हजार ९१५ पुगेको छ भने २४ हजार ९४७ जना शेयर सदस्य र ९२६२ जना बालबचतकर्ता गरी कुल जम्मा ३३ हजार २०९ जना बचतकर्ताहरु पुगेका छन् । 

मिलिजुली कालिञ्चोक साकोस २०६९ सालमा राष्ट्रिय सहकारी बैंक बाट मध्यमाञ्चल उत्कृष्ट संस्था, २०७१ सालमा नेफ्स्कूनबाट नेपाल उत्कृष्ट संस्था, आ.व. २०७१/०७२, २ं०७३/०७४ र २०७४/०७५ मा आन्तरीक राजश्व कार्यालयबाट उत्कृष्ट करदाता, २०७६ सालमा नेफ्स्कूनबाट एकीकरणमा नेपाल उत्कृष्ट, २०७७ सालमा नेफ्स्कूनबाट नेपाल उत्कृष्ट ब्यवस्थापक, २०७८ मा नेफ्स्कूनबाट उत्कृष्ट संस्थापक अध्यक्ष जस्ता सम्मान तथा प्रशंसा पाउन सफल मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि। ले यस आ.व. मा आफ्ना शेयर सदस्यहरुलाई प्रविधियुक्त मुस्कान सहितको सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप