हाम्रो चित्रवन साकोसको २७ औं बार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो चित्रवन साकोसको २७ औं बार्षिक साधारणसभा सम्पन्न

केशब लोहनी
असोज ८ भरतपुर । हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लि. को २७ औं बार्षिक साधारणसभा  एकाई प्रतिनिधिहरु मार्फत सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काको अध्यक्षतामा सम्पन्न एकाई प्रतिनिधिहरुको भेलाको प्रमुख अतिथि राष्ट्रिय सहकारी बिकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडी रहनु भएको थियो भने अतिथिहरूमा संस्थापक अध्यक्षहरू सोमराज खनिया, हरिप्रसाद अधिकारी, टेक बहादुर तमाङ , सोमनाथ अधिकारी  एवं सस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकाहरू रहनु भएको थियो ।   

संस्थाका उपाध्यक्ष एवं ऋण उप समिति संयोजक अनिलराज पौडेलले स्वागत मन्तव्य राख्दै समग्र संस्थाको गत आर्थिक बर्षको ऋण लगानी तथा असुुलीको प्रतिवेदन  प्रस्तुत गर्नु भएको थियो भने सचिव कृष्णप्रसाद पौडेलले बार्षिक प्रगति प्रतिवेदन तथा चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । यसैगरी कोषाध्यक्ष नारायणप्रसाद उपाध्यायले गत आर्थिक बर्षको यथार्थ र चालु आर्र्थिक बर्षको अनुमानित बजेट  एवं लेखा सुपरीवेक्षण  समिति संयोजक सुर्यबदना हमालले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा शेयर सदस्यको तर्फबाट मित्रबहादुर भण्डारी, शान्तामाया पौडेल पुर्व आर्थिक सल्लाहकार नीरप्रसाद लामिछाने र कानुनी सल्लाहकार जगन्नाथ भण्डारीले शुभकामना मन्तब्य  राख्नु भएको थियो । 

संस्थाले गत असोज २ गते देखि ६ गते सम्म मोडल, हाम्रो माईती, गौरवमय, दीपज्योति, चित्रवन, भानुचोक र पटिहानी सेवाकेन्द्रमा एकाई सभा सम्पन्न गरी एकाई सभाबाट छनौट भएका प्रतिनिधि शेयर सदस्यको भेलामार्फत साधारण सभा सम्पन्न गरेको हो ।  

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी बिकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडीले साधारणसभाको सफलताको कामना गर्नुहुदै तीन खम्बे अर्थ नीतिको एक बलियो खम्बाको रुपमा सहकारी क्षेत्रलाई ओदानसंग तुलना गर्दैै प्रत्येक खम्बा एक अर्काको परिपुरक रहेको बताउनु भयो । यसैगरी उहाँले सहकारी मार्फत उद्यमशिलताको पहिचान गरी लगानी गर्न सक्नुपर्ने र सहकारी मार्फत रोजगारी सिर्जना गरी आयात प्रतिस्थापन गर्न  र उत्पादन क्षमता बढाउन सहयोग गर्न आग्रह गनुभयो ।

यस साधारण सभामा सदस्यहरुबाट उठेको जिज्ञासा माथी संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काले स्पष्ट पार्दै सहकारी एकीकरण आजको प्रमुख आवस्यकता रहको र सोही मर्म बमोजिम संस्था एकीकरण गर्न आफ्नो तर्फबाट भुमिका खेल्नुहुने  पुर्व समिति एवं सदस्यहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्नु भयो । 

कार्यक्रमको समापनमा अध्यक्ष  तेजेन्द्रबहादुर खड्काले शेयर सदस्यको अधिकतम सेवा तथा सुबिधाका लागि संस्था सदैव प्रतिबद्ध रहेको र साधारण सभामा सदस्यहरुबाट प्राप्त सुझाव सल्लाहलाई  आगामी नीती तथा कार्यक्रमा आवश्यकता अनुसार समावेस गरी संस्था संचालन गर्ने बताउदै  साधारण सभा सम्पन्न गर्न  सहयोग पुर्याउनुहुने  सम्पूर्णलाई हार्दिक आभार ब्यक्त गर्नुभयो ।      

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

पाठकबाट थप