गोलढुङ्गा साकोसको १०औं वार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गोलढुङ्गा साकोसको १०औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं ४ स्थित सानोपुलमा रहेको गोलढुङ्गा बचत तथा ऋण सहकारी संस्था लि को १०औं वार्षिक साधारणसभा असोज ०८ गते, शनिबार सम्पन्न भएको छ ।

साधारणसभा तारकेश्वर नगरपालिका सहकारी विभागका विभाग प्रमुख तिर्थ राज थापाको प्रमुख आतिथ्य तथा सो संस्थाका अध्यक्ष शोभा आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । साधारणसभामा ६३ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि थापाले सहकारी क्षेत्रले हातेमालो गर्दै विकास निर्माण र यस क्षेत्रको उत्थानको लागि सँगसँगै अघि बढ्नुपर्ने र आफ्नो संस्थाको गतिविधि  इन्टरनेको माध्यमबाट सबैले हेर्न र पढ्न पाउनु पर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । सहकारी क्षेत्रको विकास र प्रवर्धनका लागि नगरपालिकाको तर्फबाट गर्नुपर्ने साथ सहयोगको लागि नगरपालिका तयार रहेको बचनवद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै संस्थाका अध्यक्ष शोभा आचार्यले सहकारीमा शेयर सदस्यहरु र सञ्चालकको भूमिका महत्वपूर्ण हुने बताउनुहुँदै सदस्यहरुको सेवामा कुनै कमीहुन नदिएको र गर्नुपर्ने सुधार र प्रगतिको लागि आगामी दिनमा समेत सञ्चालक अझै क्रियाशील भएर लाग्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

संस्थाका उपाध्यक्ष सुर्दशन खतिवडाले स्वागत मन्तब्य र लेखा सुपरिवेक्षण समितिका संयोजक रमा कुमारी श्रेष्ठ, कोषाध्यक्ष  यज्ञ कुमार थापा  र सचिव नेमकृष्णले अ बादे श्रेष्ठले आ–आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सञ्चालक, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप