हाम्रो सुपर साकोसको १५औं वार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो सुपर साकोसको १५औं वार्षिक साधारणसभा सम्पन्न

नवलपरासी । हाम्रो सुपर साकोस बर्दघाट–२ चिसापानीकोे प्रतिनिधिमुलक १५आंै वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साकोसका अध्यक्ष खेमराज सुवेदीको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त सभा सम्पन्न भएको हो ।

सभालाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले सानो पुँजीबाट सुरु भएका कतिपय सहकारीहरु अहिले करोडौंको कारोबार गर्न सफल भएको उदाहरण प्रस्तुत गर्दै हाम्रो सुपर साकोसले लिएको प्रगतिपथको पनि खुलेर प्रशंसा गर्नुभयो ।  उहाँले सहकारीमा नीति, विधि र प्रविधिसँगै पारदर्शिताको पाटोमा सवल रहन सके शेयर सदस्यहरुसँगै समाजलाई पनि सहयोग पुग्ने विश्वार ब्यक्त गर्नुभयो । 

त्यसैगरी संस्थाकी निवर्तमान अध्यक्ष माया पौडेलले सुपर साकोसले महिला नेतृत्वहरु उत्पादनमा समेत महत्वपूर्ण योगदान पुर्याएको धारणा राख्नु भयो । सहकारीमा बचत गर्ने सबैभन्दा बढी महिला हुनु र नेतृत्वमा पनि महिला अगाडी हुनुले सुपरमा लागेका महिलाहरुको आर्थिक पाटो पनि मजबुत रहेको अनुभव सुनाउदै पहिले घर समृद्ध बनाएर मात्र टोल समाज र नगर समृद्ध हुने भएकाले नगर समृद्ध बनाउन हाम्रो सुपर साकोस बर्दघाट–२ चिसापानी कटिबद्ध भएर लागेको धारणा ब्यक्त गर्नुभयो ।

साकोसका अध्यक्ष सुवेदीले अहिले संस्थाले नगरस्तरमा मात्र आफ्नो सेवा प्रवाह गरेको बताउदै अब जिल्ला स्तरमा नै आफ्नो सेवा विस्तार गर्ने तयारीमा लागेको बताउनुभयो ।

संस्थाकी उपाध्यक्ष सावित्री दुवाडीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संस्थाका चारवटा सेवा केन्द्र र मुख्य कार्यालयको छुट्टा–छुट्टै  वार्षिक साधारणसभाबाट आएका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । संस्थाका सचिव विष्णु प्रसाद बरालको सञ्चालन रहेको कार्यक्रममा साकोसकी निवर्तमान अध्यक्ष माया पौडेल, बर्दघाट नगरकार्यपालिका सदस्य प्रेम भुजेल, शान्ति निकुञ्ज मा.वि. पाल्डाँडाका प्रधानाध्यापक विजयरत्न पराजुली लगायतको उपस्थिति रहेको थियो ।

करिव रु. ३२ करोडको कारोबार गर्न सफल रहेको साकोसले अहिले ४ हजार ८ सय ९१ जना शेयर सदस्य बनाएको र २ करोड ९१ लाख ७९ हजार २ सय रुपैया शेयर रहेको आफ्नो वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरेको छ । त्यसैगरी २४ करोड ६६ लाख २८ हजार ९ सय १ रुपैया बचत, २७ करोड ३१ लाख ५८ हजार ६ सय १२ रुपैया ऋण लगानी गरेको र १ करोड २४ लाख ९ हजार ५ सय रुपैया बाह्य ऋण रहेको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरेको छ । 

जगेडा कोषमा रु.१ करोड ६० लाख रहेको सुपर साकोसको कुल पुँजी ३२ करोड ८३ लाख २७ हजार ८ सय २५ रुपैया रहेको जनाएको छ ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१६ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१६ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

पाठकबाट थप