टुगा आस्था विकासको चौथो वार्षिक साधारणसभा सम्पन्न, सदस्य बृद्धि साथै सेवा केन्द्र विस्तार योजना पारित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
टुगा आस्था विकासको चौथो वार्षिक साधारणसभा सम्पन्न, सदस्य बृद्धि साथै सेवा केन्द्र विस्तार योजना पारित

काठमाडौं । रुपन्देहीको ओमसतियामा रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि.ले एकीकरण पछिको चौथो वार्षिक साधारणसभा शनिवार सम्पन्न गरेको छ । साकोसका अध्यक्ष डी.बि.थापाको अध्यक्षता रहेको सभाको उद्घाटन नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभएको थियो । 

प्रमुख अतिथि बरिष्ठ उपाध्यक्ष ढकालले छाता संगठन नेफ्स्कूनले डोर्याएको मार्गलाई पछ्याउँदै अगाडि बढेका टुगा आस्था विकास जस्ता साकोसहरु देख्न पाउँदा अत्यन्त खुसी महशुस हुने बताउनुभयो । उहाँले संस्थालाई मजबुद बनाउन सबैभन्दा महत्वपूर्ण भूमिका सदस्यहरुको रहने भन्दै सदस्यले संस्थाको बारेमा सँधै सत्य तथ्य जाँच गर्नुपर्ने र संस्थाको क्रियाकलापहरुमा सँधै चासो राख्नुपर्ने बताउनुभयो । टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था देशकै महत्वपूर्ण सहकारी संस्थाहरु मध्येमा रहेको उहाँले स्पष्ट पार्नुभयो । 

साधारणसभामा सञ्चालक समितिको प्रतिवेदन प्रस्तुती साकोसका अध्यक्ष डी.बि. थापा, लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन प्रस्तुति लेखा सदस्य कमला भण्डारी पाण्डे, स्वागत मन्तव्य उपाध्यक्ष परसुराम बास्तोला र कार्यक्रम सञ्चालन लेखा सदस्य मनोज कुमार क्षेत्रीले गर्नुभएको थियो । 

साकोसको एकीकरण पछिको चौथो साधारणसभाले ४ वर्षे रणनीतिक योजना पारित गर्दै संस्थाको पुँजी ढेड अर्ब पुर्याउने र जिल्लाका विभिन्न स्थानमा ४ वटा सेवा केन्द्र थप गर्ने योजना पारित गरेको छ । 

साधारणसभाले १० जना उत्कृष्ट बचतकर्ता सदस्य, १० जना उत्कृष्ट ऋणी सदस्यहरुलाई सम्मान तथा पुरस्कार साथै एक जना स्व. सदस्यको हकवालालाई ऋण बीमा वापतको रकम हस्तान्तरण गरिएको थियो ।  साधारणसभाबाट कार्यसूचीमा रहेका प्रस्ताव पारित गरिएको थियो । 

समारोहमा विशिष्ठ अतिथि नेफ्स्कून सञ्चालक सन्दिप सापकोटा, रुपन्देही बचत संघका अध्यक्ष प्रकाश भट्टराई तथा लुम्बिनी विशिष्टीकृत सहकारी संघका अध्यक्ष डा. खगराज शर्माबाट टुगा आस्थाले गरेको प्रगतिको चर्चा गर्दै शुभकामना प्रकट गर्नु भएको थियो । 

६ हजार २ सय सदस्य रहेको साकोसको कुल पुँजी रु. ७५ करोड पुगेको छ भने साकोस नेफ्स्कूनद्वारा सञ्चालित गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसनमा सहभागी छ ।

साकोसको प्रतिनिधिमूलक साधारणसभा गत भाद्र २५ गते देखि शुरुवात गरि छ वटा एकाइ भेलाबाट चुनिएका प्रतिनिधि सदस्यहरुको भव्य उपस्थिति सहित शनिवार साधारणसभा समारोहको समापन गरिएको थियो । 

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

३ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

३ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

४ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

५ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

पाठकबाट थप