पिपलबोट साकोसको २० औं वार्षिक साधारणसभा सम्पन्न, सदस्य तथा शेयरपुँजी वृद्धिको लक्ष्य, ८ प्रतिशत लाभांश पारित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पिपलबोट साकोसको २० औं वार्षिक साधारणसभा सम्पन्न, सदस्य तथा शेयरपुँजी वृद्धिको लक्ष्य, ८ प्रतिशत लाभांश पारित

सुर्खेत । वीरेन्द्रनगरमा अवस्थित पिपलबोट बचत तथा ऋण सहकारी संस्था लि.को २०औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष बल बहादुर सार्कीले बार्षिक प्रगती प्रतिवेदन तथा प्रस्तावित नीति तथा कार्यक्रम, कोषाध्यक्ष खेमराज रावतले आर्थिक प्रतिवेदन तथा आगामी बर्षको बजेट, डिल्लीराम लम्सालले आन्तरिक लेखापरिक्षण प्रतिवेदन, मनिराम भण्डारीले ऋण उपसमितिको प्रगति प्रतिवेदन, मान बहादुर बसेलले शिक्षा उपसमितिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष रावतले कुल पुँजी १७ करोड ७९ लाख ६८ हजार ३ सय ९८, निक्षेप १२ करोड १५ लाख २७ हजार १ सय८६, ऋण लगानी १३ करोड ३३ लाख ३७ हजार ५ सय १०, जगेडा कोष १ करोड ४७ लाख ३० हजार ४ सय ९९, अन्य कोष ५९ लाख ४ हजार ३ सय ४६ र  संरक्षित पुँजी फिर्ता कोष ६ लाख ४८ हजार ३ सय ५१ रहेको जानकारी गराउनुभयो । साकोसको शेयर लाभांश रकम ११ लाख ५९ हजार २ सय ५२ रहेको छ भने साकोसले सदस्यहरुका लागि ८ प्रतिशत लाभांश पारित गरेको छ । 

आ व.०७८/०७९ मा साकोसले रु. ३६ लाख ३९ हजार ८६८ नाफा गर्न  सफल भएको छ । जुन अघिल्लो बर्षको तुलनामा करिब रु. १० लाख नाफा घटेको साकोसले जनाएको छ ।  

साकोसले चालु आवका लागि पनि सुत्केरी राहत, मृतक राहत, समुदाय साझेदारीमा बिविध कार्यक्रमहरु, उतकृष्ठ सदस्य पुरस्कार सम्मान पिपलबोट शैक्षिक पुरस्कार लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ । साकोसले साधारणसभामाका अवसरमा स्वस्थ्य शिविर समेत सञ्चालन गरेको थियो भने उक्त शिविरबाट ४ सय भन्दा बढी सदस्यले आफ्नो स्वास्थ्य जाँच गराएका थिए । 

२१ बर्ष अघि समाजसेवी नेत्र बहादुर कार्की सहितको २७ जनाले  स्थापना गरेको पिपलबोट बचत तथा ऋण  सहकारी संस्था २७ सय रुपैयाँबाट सुरु गरेर हाल १८ करोड नघाएको संस्थाका कोषाध्यक्ष खेमराज रावतले जानकारी गराउनुभयो । साधारणसभामा बिभिन्न विद्यामा गरी २२ जना शेयर सदस्यहरु सम्मानित एवं पुरस्कृत हुनु भएको थियो । 

पिपलबोट साकोस प्रोबेसन मापदण्ड भित्र रहेको र आफ्ना गतिविधि पनि सोही अनुसार गरिरहेको सचिव गणेशमान खनालले जानकारी दिनु भयो  । २७ जनाबाट सुरुवात गरेको पिपलबोट बचत तथा ऋण सहकारी संस्थाले एक्काईसौ बसन्त पार गर्दैगर्दा २ हजार ६ सय १८ सेयर सदस्य पुर्याएको छ । साथै साधारणसभामा १ हजार ७०० जनाभन्दा बढी सदस्यको उपस्थिति रहेको थियो । यसैगरी संस्थाले आगामी वर्षका लागि करिव २४ करोडको वासलात रहनेगरी निति तथा कार्यक्रम समेत पारित गरेको छ । साकोसमा ६ सय ६८ बालबचतकर्ता छन् ।

साकोसका अध्यक्ष बल बहादुर सार्कीको अध्यक्षता तथा पुर्व नागरिक उड्यन तथा सांस्कृतिक पर्यटन मन्त्री एवं निवर्तमान कर्णाली प्रदेश सभा सदस्य यामलाल कंडेलको प्रमुख आतिथ्यता तथा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकंण्ठ खनालको विशेष आतिथ्यता एवं अन्य अतिथिहरुको उपस्थिति सहित साकोसको वार्षिक साधारणसभा सम्पन्न भएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप