काठमाडौं । काठमाडौंको कोटेश्वरमा मुख्य कार्यालय रहेको सदस्य सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११आंै बार्षिक साधारणसभा कात्तिक ५ गते, शनिबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो ।
साधारणसभामा काठमाडौं जिल्ला सहकाी संघका अध्यक्ष ज्ञान बहादुर तामाङ, नेपाल सरकारका पूर्व सचिव विनोद केसीको विशेष आतिथ्यता रहेको थियो ।
साधारणसभालाई सम्बोधन गर्दै नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारीले अव बचत तथा ऋणमा मात्र सीमित नभई समाजको विकासमा योजनाबद्ध रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । सदस्यलाई आयआर्जन र उद्यमशिलता विकासमा जोड्न प्रेरित गर्नुपर्ने, योगदानमा आधारित सदस्य राहत कार्यक्रम, नीति, विधि र प्रविधिलाई प्रथामिकता दिई सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
सहकारी नीति, विधि र प्रविधिलाई अंगिकार गरी सञ्चालन गरिएमा संस्था कहिले पनि दुर्घटनामा नपर्ने भन्दै अध्यक्ष पौड्यालले सदस्य सेवा साकोस सदस्यहरुको सेवामै केन्द्रीत रहेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले सुशासित साकोस सञ्चालनमा कुनै समस्य आइपरे नेफ्स्कून हरवखत सहयोग गर्न प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।
१ हजार ७ सय शेयर सदस्यहरुमाझ वित्तीय तथा अन्य सेवा उपलब्ध गराउँदै आएको सदस्य सेवा साकोसको कुल वासलात १ अर्ब ४१ लाख रहेको छ । साकोसले रु. ७१ करोड बचत संकलन र रु. ७६ करोड सदस्यहरुमा ऋण लगानी गर्न सफल भएको छ ।

७ घण्टा अगाडि
३ दिन अगाडि
१४ दिन अगाडि
१५ दिन अगाडि
१५ दिन अगाडि
१६ दिन अगाडि
१७ दिन अगाडि
१७ दिन अगाडि
४१ दिन अगाडि
३० दिन अगाडि
४६ दिन अगाडि
३९ दिन अगाडि
३३ दिन अगाडि
६० दिन अगाडि
३३ दिन अगाडि
३३ दिन अगाडि