पोखराको सृजना महिला साकोसको २०औं बार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखराको सृजना महिला साकोसको २०औं बार्षिक साधारणसभा सम्पन्न

कास्की । सृजना महिला बचत तथा ऋण सहकारी संस्था लि. पोखरा–८ को २०औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साकोसकी अध्यक्ष सुश्मा पहारीको अध्यक्षता र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा साधारणसभाको उद्घाटन भएको थियो । 

सभामा विशेष अतिथि सृजना बिकास केन्द्रका अध्यक्ष कृष्ण बहादुर थापा, जिल्ला सहकारी संघ कास्कीका बरिष्ठ उपाध्यक्ष छबिलाल लामिछाने, कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बराल, पोखरा महानगर सहकारी संघका अध्यक्ष बलराम गौतम नवसिद्वार्थ महिला साकोसका अध्यक्ष भवानी माकाजु, वडाका जनप्रतिनिधिहरु, संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष एवं सल्लाहकारहरुको उपस्थिति रहेको थियो । 

साधारणसभामा प्रमुख अतिथि नेफ्स्कूनका महासचिव अधिकारीले  नेफ्स्कूनमा आवद्ध सदस्यको दिगो विकास र सुशानमा नेफ्स्कूनको निरन्तर पहलकदमी रहेको जानकारी गराउनभुयो । उहाँले साकोसको विकास र सक्षमताका लागि सदस्यहरुको महत्वपूर्ण भुमिका रहनेहुँदा सदस्यले जस्तो चाह्यो त्यस्तै संस्था र संघ निर्माण गर्न सकिने भन्दै संघ÷संस्थाका मालिक सदस्य रहेको चर्चा गर्नुभयो । 

सृजना विकास केन्द्रका अध्यक्ष कृष्ण थापाले सृजना विकास अभिभावक संस्था भएकोले सृजनाको उन्नति र प्रगती भएकोमा देशमा नै परिचित संस्था हुन सकेकोले खुशी लागेको बताउनु भयो । 

जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष र कास्की बचत संघका अध्यक्षले पनि साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा संस्थाको प्रगती प्रतिवेदन र प्रस्तावित कार्यक्रम  सचिव तारा केसी, आर्थिक  प्रतिवेदन कोषाध्यक्ष सुनिता गिरी र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक कमला गिरिले प्रस्तुत गर्नु भएको थियो । उक्त अवसरमा असल कारोबार सदस्य, जेष्ठ सदस्य र बाल बचत कर्तालाई सम्मान गरिएको थियो । साधारणसभामा  ७१% शेयार सदस्यको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत उपाध्यक्ष सारदा र कार्यक्रम सञ्चालन सचिव तारा केसीले गर्नु भएको थियो ।

भर्खरै
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

६ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

लोकप्रिय
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३२ दिन अगाडि

पाठकबाट थप