रोङ गाउँपालिका र नेफ्स्कूनबीच आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रोङ गाउँपालिका र नेफ्स्कूनबीच आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता

इलाम । प्रदेश नं. १, इलामको रोङ गाउँपालिकासँग नेफ्स्कून र स्थानीय निकाय बीचको संयुक्त साझेदारीमा सञ्चालन हुने ‘आधारशिला’ कार्यक्रम कार्यान्वयन सम्झौता भएको छ । कार्यक्रमको कार्यान्वयन सम्झौता सँगै अब गाउँपालिका भित्र सञ्चालित  सहकारीहरुको जागरण तथा विकासको चरण सुरु भएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले स्थानीय तहको मातहतमा रहेका, ग्रामिण र दुर्गम क्षेत्रमा सञ्चालित सबै प्रकृतिका सहकारीहरुलाई लक्षित गरी सुरु गरेको आधारशिला कार्यक्रम अन्तर्गत गाउँपालिकासँग कार्यक्रम कार्यान्वयन सम्झौता भएको हो । 

गाउँपालिकाको कार्यालयमा कात्तिक ६ गते आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मनि कुमार स्याङ्बो र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा गाउँपालिकाका ना.सु. नारायण अर्याल, नेफ्स्कूनका बरिष्ठ अधिकृत नविन राज दाहाल, अधिकृत मुकेश दाहाल लगायत गाउँपालिकाका कर्मचारीहरुको उपस्थिति थियो । 

आधारिशला कार्यक्रम स्थानीय निकायहरुसँगको समन्वय र सहकार्यमा सबै प्रकृतिका सहकारीहरुको सशक्तिकरण गर्ने नेफ्स्कूनको नयाँ कार्यक्रम हो । सम्झौतामा हस्ताक्षर भएको मितिदेखि शुरु हुने उक्त कार्यक्रम तीन बर्षसम्म लागु हुन्छ । सो अवधिभित्र स्थानीय क्षेत्रका सहकारीहरुको जागरण, विकास, प्रवर्धन र सञ्जालीकरणका को काम दुवै पक्षको सहकार्यमा अगाडि बढ्छ । 
 
भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप