सदस्य सक्षमता विकास तालिम–सहजकर्ता अभिमुखीकरण आजबाट भक्तपुरमा सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य सक्षमता विकास तालिम–सहजकर्ता अभिमुखीकरण आजबाट भक्तपुरमा सुरु

भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजनामा आजबाट सदस्य सक्षमता विकास तालिम–सहजकर्ता अभिमुखिकरण भक्तपुरमा सुरु भएको छ । संघका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा सुरु अभिमुखीकरणको उद्घाटन सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले गर्नुभएको थियो । 

संघका महासचिव दामोदर अधिकारीले कार्यक्रमको औचित्यता सहित स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँले चालु आ.व.मा करिव १ हजार संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति माझ कार्यक्रम सहजीकरण गरिने जानकारी गराउनुभयो । सदस्य संस्थामा साक्षरता अभिवृद्धि साथै सिकाइ, बुझाइमा एकरुपता ल्याउन कार्यक्रम आयोजना गरिएको र यस तालिमबाट अभियानमाझ आवश्यक सहजकर्ता तयारीका लागि निशुल्क तालिम सेवा प्रदान गरिएको उल्लेख गर्नुभयो । 

सभाध्यक्ष नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले हालको बजारमा आएको तरलता संकटको अवस्था साथै कोभिड प्रभावबाट सदस्य, संस्था र समुदायमा परेको प्रभावबारे चर्चा गर्नुभयो । उहाँले साकोस अभियानमा अब स्मार्ट टेक्नोलोजी र समावेशिकरणलाई मुल मुद्दाको रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

अध्यक्ष पौड्यालले समसामयिक राष्ट्रिय परिस्थितिको आंकलन गर्दै अबको साकोस अभियानको गन्तव्य जागरण, सशक्तिकरण र व्यावसायिकरणको माध्यमबाट प्रत्येक सदस्यलाई आय र धन सृजनामा जोड्दै उद्यमशीलताको अभियानमार्फत अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अबको युग डिजिटाइजेसनको युग हो, आजसम्म हामी एकाउन्टीङ सफ्ट्वयरमा मात्र सीमित छौं, अवको साकोस अभियान भनेको प्रविधिमार्फत सम्पूर्ण वित्तीय समाधान सहितको अभियान बन्नुपर्छ ।” 

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, देशभरका विभिन्न बचत तथा ऋण सहकारी संस्था र जिल्ला बचत संघका प्रतिनिधिहरु सहित २५ जनाको सहभागिता रहेको छ । तालिम भोलि समापन हुनेछ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप