स्थापना दिवसका अवसरमा किसान कल्याण साकोसका सय सदस्य सम्मानित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थापना दिवसका अवसरमा किसान कल्याण साकोसका सय सदस्य सम्मानित

सुनसरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि. इटहरीले आफ्नो २७औं स्थापना दिवसका अवसरमा आइतबार १ सय जना सदस्यलाई उत्कृष्ट पुरस्कार तथा सम्मान प्रदान गरेको छ । साकोसले उत्कृष्ट बचतकर्ताहरुमध्ये जेष्ठ नागरिक, बाल बचतकर्ता, नियमित बचतकर्ता, असल ऋणी, उत्कृष्ट शेयर खरिदकर्ता, कृषक, उद्यमी, व्यावसायी, विद्यार्थी, कर्मचारी, पत्रकार लगायतलाई सम्मानित गरेको हो । 

कार्यक्रममा उत्कृष्ट नियमित बचतकर्ता पुरस्कार  २० जना, उत्कृष्ट ऐच्छिक बचतकर्ता पुरस्कार १६ जना, असल ऋणी पुरस्कार १३ जना, उत्कृष्ट बाल बचतकर्ता पुरस्कार १५ जना, असल ज्येष्ठ नागरिक बचतकर्ता पुरस्कार २ जना, बढी पटक सेयर खरिद गर्ने सेयर सदस्य पुरस्कार १ जना, सेयर सदस्य बिस्तारमा योगदान गर्ने सदस्य पुरस्कार  १६ जना, सबभन्दा बढी बचत खाता खोली नियमित कारोबार १ जना, सक्रीय सहकारी अभियन्ता १ जना, विशेष सम्मान ३ जना,उत्कृष्ट कृषक पुरस्कार  १ जना, उत्कृष्ट युवा उद्यमी पुरस्कार २ जना, उत्कृष्ट उद्यमी पुरस्कार १ जना, उत्कृष्ट व्यवसायी पुरस्कार १ जना, उत्कृष्ट लघुवित्त समुह  ३ जना, उत्कृष्ट विद्यालय १ जना, उत्कृष्ट सञ्चारकर्मी १ जना, उत्कृष्ट कर्मचारी २ जना गरि विभिन्न १८ वटा विधामा १ सय जना व्यक्ति, संस्था र समूहलाई सम्मान गरिएको थियो । 

साकोसका अध्यक्ष शालिकराम ढकालको अध्यक्षता तथा प्रदेश नं. १ सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार हरिबहादुर खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । संस्थाले हरेक वर्ष विभिन्न कार्यक्रमहरु सहित भव्य रुपमा स्थापना दिवस मनाउने गरेको छ ।

२०५८ सालमा स्थापित साकोसले एशियाली स्तरको साकोस गुणस्तर सुनिश्चितताको ब्राण्ड (एक्सेस सिल्भर) समेत प्राप्त गरिसकेको छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर सुनिश्चितताको कार्यक्रममा नियमित आबद्ध छ । 

भर्खरै
शुभश्री साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखीकरण
शुभश्री साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखीकरण

१ दिन अगाडि

साहारा साकोसको २१औं साधारण सभा सम्पन्न
साहारा साकोसको २१औं साधारण सभा सम्पन्न

२ दिन अगाडि

एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया
एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारक...

२ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

रसुवा बाढीपीडितका लागि ACUES कार्यशालाका सहभागीको सहयोग
रसुवा बाढीपीडितका लागि ACUES कार्यशालाका सहभागीको सहयोग

३ दिन अगाडि

हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

४ दिन अगाडि

सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

६ दिन अगाडि

लोकप्रिय
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

२३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

पाठकबाट थप