काठमाडौं विश्वविद्यालय र महासंघको सहकार्यमा सहकारी डिप्लोमा कोर्ष सञ्चालन सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
काठमाडौं विश्वविद्यालय र महासंघको सहकार्यमा सहकारी डिप्लोमा कोर्ष सञ्चालन सम्झौता

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र काठमाडांै विश्वविद्यालयबीच डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्ष सञ्चालन गर्ने सम्बन्धमा आज दिपक्षीय सम्झौता भएको छ । काठमाडौं विश्वविद्यालयका विज्ञ प्राध्यापकहरुद्वारा सञ्चालन गरिने उक्त कोर्षको पठाई २०७९ पुस १ गतेबाट शुरु हुने महासंघले जनाएको छ । 

शुक्रबार महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन प्रा.डा. देवी विडारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौता अनुसार काठमाडौं विश्वविद्यालयले विश्वविद्यालयको सिकाई अध्यापन शास्त्रमा आधारित कार्यक्रम पद्धतिलाई अनुशरण गरेर कोर्ष सञ्चालन गर्ने जनाएको छ । 

सहकारी संघ÷संस्थाहरुमा आवश्यक दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गरी अब्बल रुपमा सञ्चालन गर्नका लागि यो कोर्ष कोशेढुङ्गा सावित हुने महासंघकी महाप्रबन्धक सुब्बाले जानकारी गराउनुभयो । उहाँले यस अघि नेपालबाट सहकारीको डिप्लोमा गर्नका लागि भारत जानुपर्ने वाध्यता थियो, जुन अव अन्त्य भएको बताउनुभयो ।

कोर्षको पहिलो ब्याजमा ३० जनाको सिट रहेको महासंघले जनाएको छ । महासंघले यस अघि पनि काठमाडौं विश्वविद्यालयसँग मिलेर कोर्ष डिजाइन र गरिबी निवारणमा सहकारीको योगदान सम्बन्धी अध्ययन अनुसन्धानको काम गरेको थियो । 
 
भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप