‘सन्तुष्ट सदस्य र दिगो साकोस निर्माणका लागि प्रोवेशन कार्यक्रम उपयोगी’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सन्तुष्ट सदस्य र दिगो साकोस निर्माणका लागि प्रोवेशन कार्यक्रम उपयोगी’ 

मोरङ । पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम–प्रोवेसन मेचीकोशी क्लष्टर दोश्रोको १५ औैँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन () कार्यशाला नारी संकल्प साकोस मोरङको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा मंसिर १० गते सम्पन्न भएको छ । कार्यक्रममा मोरङ र झापाका १० वटा साकोसबाट ३७ जनाको सहभागिता रहेको थियो । कार्यशालाको अध्यक्षता नेफ्स्कूनकी सञ्चालक एवम् आयोजक साकोसका अध्यक्ष गोमा नेपालले गर्नु भएको थियो भने आतिथ्यता जिल्ला बचत संघ मोरङका कोषाध्यक्ष जीवन बस्नेतले गर्नु भएको थियो ।

कार्यक्रममा अतिथि बस्नेतले मेचीकोशी क्लष्टर दोश्रोमा आवद्ध सम्पूर्ण साकोसलाई सफलताको शुभकामना सहित वित्तीय संस्थाको जोखिम व्यवस्थापन गर्न कै लागि प्रोवेसन कार्यक्रम विकास भएको बताउनु भयो । अनुभव आदान प्रदानको माध्यमबाट दिगो साकोस र सन्तुष्ट सदस्य बनाउन समेत सहयोग पुग्ने भएकोले सबैलाई सोहि अनुसार लाग्न सल्लाह दिनु भयो । 

उद्घाटन सत्रमा मन्तव्य राख्नु हुदै नेफ्स्कून सञ्चालक एवम् आयोजक साकोसका अध्यक्ष नेपालले नेफ्स्कूनले लिएको कार्यदिशाबारे चर्चा गर्दै मेचीकोशी क्लष्टर दोश्रोमा आवद्ध सम्पूर्ण साकोसलाई सफलताको शुभकामना व्यक्त गर्नु भयो । सोहि अवसरमा साकोस अभियानमा भएको प्रविधि प्रयोगको अभाव पूरा गर्न अत्याधुनिक सुविधा र सञ्जाल व्यवस्थापन सहितको नयाँ प्रविधि विकास गर्ने उद्देश्य सहित काम भैरहेको समेत जानकारी गराउनु भयो साथै नेफ्स्कूनले आयोजना गर्ने हरेक कार्यक्रमा सहभागिताको लागि समेत अनुरोध गर्नु भयो । उद्घाटन कार्यक्रमको सञ्चालन आयोजक साकोसका सचिव सोभितमाया तामाङले गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण नेफ्स्कून कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले गर्नु भयो ।

उक्त कार्याशालामा सहभागीहरुले भाखा नाघेको ऋण व्यवस्थापनको लागि हालको लगानी प्रकृयालाई समयानुकुल अद्यावधिक गराई ऋण लगानी गर्ने र जोखिम व्यवस्थापनको लागि कोषको व्यवस्था पूर्ण गर्ने, ऋण आन्तरीक कार्यविधि समयानुकुल बनाइ सदस्यको क्षमताका आधारमा मात्र ऋण लगानी गर्ने साथै ऋण परामर्शलाई अनिवार्य गर्ने, ऋण लगानी गर्न अगाडि नै कानूनी सिमाहरुलाई ध्यान दिने र सोहि अनुसारका कागजातहरु अध्यावधिक गर्ने, सदस्यहरुलाई उद्यमी बनाउने गरी साकोसमा नै प्रशिक्षक तयार गरी संभावित सदस्यहरुलाई उद्यमशीलता तालिम दिने, सदस्यसँगको सुमधुर सम्वन्धको लागि सदस्य शिक्षा, विस्तारीत मञ्च, सदस्यसँग नियमित भेटघाट लगायतका क्रियाकलाप निरन्तर गरी राख्ने निर्णय गर्दै आगामी १६ औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सूर्यज्योति साकोस मोरङको आयोजनामा गर्ने समेत निर्णय गरीयो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप