सहकारीलाई उत्पादनसँग जोड्न उद्यमशिलता विकास तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीलाई उत्पादनसँग जोड्न उद्यमशिलता विकास तालिम सञ्चालन

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजना र उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, प्रदेश नं. १ को सहकार्यमा उद्यमशिलता विकास तालिम आजबाट सुरु भएको छ । 

कृषि अनुसन्धान निर्देशनालय, प्रदेश नं. १, तरहरामा आयोजित तालिम उद्घाटन सत्रमा नेफ्स्कूनका सञ्चालक घनश्याम अधिकारीको अध्यक्षता, प्रदेश सहकारी विभागका रजिष्ट्रार हरी बहादुर खत्रीको प्रमुख आतिथ्यता र कृषि अनुसन्धान निर्देशनालयका निर्देशक केशव प्रसाद श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो । मंसिर ११ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त तालिममा विभिन्न सहकारीहरुबाट ४४ जनाको सहभागिता रहेको छ । 

तालिम उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि रजिष्ट्रार हरी बहादुर खत्रीले सहकारी मार्फत उत्पादन, उत्पादकत्व अभिवृद्धि र आर्थिक आत्मनिर्भरता सम्भव हुने भएकोले सहकारीले उद्यमशिलता र सीप विकासका कार्यक्रमलाई जोड दिनुपर्ने बताउनुभयो । “सहकारी र उद्यमशिलता एक अर्काका परिपूरक हुन” उहाँले भन्नुभयो ।  सहकारीका संघहरुमध्ये नेफ्स्कून अव्बल संघको भूमिकामा रहेको र सदस्यहरुले पनि नेफ्स्कूनसँग ठूलो अपेक्षा लिएको स्पष्ट पार्नुभयो । उहाँले सहकारी क्षेत्रमा हालसम्म सहि र तथ्यपरक सूचनाहरु र तथ्याङ्कहरु प्राप्त हुन नसकिरहेको हुँदा सहकारी क्षेत्रको योगदानसमेत प्रष्ट नदेखिएबारे उल्लेख गर्नुभयो । 

कार्यक्रमका विशिष्ट अतिति कृषि अनुसन्धान निर्देशनालयका निर्देशक श्रेष्ठले उद्यमशिलता विकासका लागि कृषि क्षेत्र महत्वपूर्ण क्षेत्र रहेको बताउनुभयो । हाल निर्देशनालयमा बंगुर ईकाइ, बालि अनुसन्धान ईकाइ, बागबानी अनुसन्धान ईकाइ, पंन्छी अनुसन्धान ईकाइ, माछा अनुसन्धान ईकाइ रहेको जानकारी गराउँदै उहाँले कृषि क्षेत्रमा जोडिएर काम गर्न इच्छुक व्यक्तिहरुलाई प्राविधिक क्षेत्रमा जोड्न निर्देशनालय तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उद्घाटन सत्र समापन गर्दै नेफ्स्कूनका सञ्चालक अधिकारीले एशियाली ऋण महासंघ– अक्कूको सहयोगमा नेफ्स्कूनले व्यवसाय विकास सेवा (BDS) सञ्चालन गरी विविध तालिम तथा कार्यक्रमहरु गर्दै आइरहेको जानकारी गराउनुभयो । उहाँले सदस्यहरुलाई उत्पादनमा जोड्नु नेफ्स्कूनले विभिन्न जिल्लामा उद्यमशिलता विकास तालिमलाई निरन्तरता दिइरहेको र यसबाट लाभ लिएर उत्पादन वृद्धिमा लाग्न सदस्यहरुलाई आव्हान समेत गर्नुभयो । 

तालिम सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत नविनराज दाहाल र तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको छ ।  कार्यक्रममा नेफ्स्कून सुनसरी फिल्ड कार्यालयका इन्चार्ज मुकेश दाहाल, कार्यक्रम अधिकृत शौभाग्य भट्टराई र सुनसरी जिल्ला बचत संघका अनुगमन अधिकृत सुमनको उपस्थिति रहेको थियो । 


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप