इकोसिस्टम सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी सहभागिताका लागि नेफ्स्कूनको तीन सदस्यीय टोली भारत प्रस्थान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
इकोसिस्टम सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी सहभागिताका लागि नेफ्स्कूनको तीन सदस्यीय टोली भारत प्रस्थान

काठमाडौं । भारतको ओडिशामा आयोजना हुन गईरहेको रिजेनेरेटिभ इकोसिस्टम सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी सहभागिताका लागि आज नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल भारत प्रस्थान गर्नुभएको छ । कृषिगत बैंकिङमा अन्तर्राष्ट्रिय सहकारीता एवम् प्रशिक्षण केन्द्र (सिक्ट्याब) भारतको आंशिक आर्थिक साहयोगमा जेभियर इन्टिच्युट अफ म्यानेजमेन्ट युनिभर्सिटीको सेन्टर फर रिजेनेरेटिभ इकोसिस्टमले उक्त गोष्ठीको आयोजना गरेको हो । गोष्ठी नोभेम्बर २९ र ३० (मंसिर १३ र १४ गते) दुई दिन सञ्चालन हुनेछ । 

गोष्ठीमा सहभागिता जनाउनुुहुने नेफ्स्कून टोलीलाई संघका कोषाध्यक्ष दिपक पनेरुले शुभकामना सहित विदाई गर्नुभएको थियो । सो क्रममा संघका सहायक कार्यकारी अधिकृत द्वय सञ्जयराज तिमिल्सीना र राधेश्याम श्रेष्ठको उपस्थिति थियो । 

अन्तर्राष्ट्रिय गोष्ठी तीन प्रमुख फ्रेमवर्क सर्कुलर इकोनोमी, सोशल एण्ड सोलिडारिटी इकोनोमी र इकोलोजिकल इकोनोमिक्समा केन्द्रित छ । गोष्ठीमा विभिन्न राष्ट्रका शिक्षाविद्, चिकित्सक, सरकार, नागरिक समाज, विकास एजेन्सीहरुले इकोसिस्टम सम्बन्धी उत्कृष्ट अभ्यासहरु, नीति विश्लेषण गोष्ठी र छलफलमा सहभागी हुने सिक्ट्यावले जनाएको छ । गोष्ठीले इकोसिस्टममा सन्तुलन कायम गर्न समग्र विकास योजनाहरु र नीति निर्माण वातावरण अनुकूलित बनाउन साझा धारणा विकास गरिने जनाइएको छ । 

प्राकृतिक सन्तुलन प्रदान गर्ने कुनै पनि कम्पोनेन्टको नकरात्मक परिवर्तनले ईकोसिस्टमलाई प्रतिकूल असर गर्छ । यदि यो प्रभाव समयको साथ बढ्यो भने, यसले जलवायु परिवर्तन, उर्जा अभाव, जैविकविविधता र प्रयोगयोग्य संसाधनहरूमा कमी हुँदा विश्व भूगोलमा अपरिवर्तनीय परिणाम निम्त्याउन सक्ने भन्दै त्यसतर्फ सजगता अपनाउन गोष्ठी मार्फत सन्देश प्रवाह गरिने पनि सिक्ट्यावले जनाएको छ ।
 
भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

३ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

४ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

७ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

८ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप