उपत्यकाका सहकारीकर्मीहरुले माइतीघर मण्डलामा एकसाथ मनाए सहकारी दिवस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उपत्यकाका सहकारीकर्मीहरुले माइतीघर मण्डलामा एकसाथ मनाए सहकारी दिवस

काठमाडौं । नेपालमा सहकारी स्थापनाको आज ६६औं बर्ष भएको छ । वि. सं. २०१३ चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भइ सहकारी आन्दोलनको सुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो । आज ६६ औं राष्ट्रिय सहकारी दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । सहकारी अभियानको सम्भवतः सबैभन्दा ठूलो पर्वका अवसरमा देशभर नै प्रारम्भिकदेखि केन्द्रीय स्तरका संघ संस्थाहरुले र्याली, रक्तदान कार्यक्रम, सरसफाई, गोष्ठी लगायत विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएका छन् । राष्ट्रिय सहकारी महासंघको आव्हानमा काठमाडौं, ललितपुर र भक्तपुरले सयुक्त रुपमा र्यालीको आयोजना गरी माइतीघर मण्डलामा सहकारी दिवस मनाएका छन् । उपत्यका भित्रका तीन जिल्लाले विहान ७ बजे विभिन्न ठाउँबाट शान्तिपूर्ण सहकारी र्याली निकालेर माइतीघर मण्डमा कोषसभा सहित दिवसको भव्य कार्यक्रम मनाएका हुन् । 

६६औं राष्ट्रिय सहकारी दिवसको संयोजक रहेकी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल र महासंघका अध्यक्ष मिनराज कडेलले माइतीघर मण्डलामा आयोजित कोणसभाको सम्बोधन गर्नुभएको थियो । महासंघले उपत्यकाका सहकारीकर्मीलाई आफ्नो रुट अनुसार झाँकी, ब्यानर र प्लेकार्ड सहित प्रभातफेरी गर्दै माइतीघरमा भेला हुन आव्हान गरेको थियो । सोही अनुरुप नेफस्कून, राष्ट्रिय सहकारी बैंक र जिल्ला संघहरुले पनि सहकारी दिवसलाई सफल बनाउन सक्रिय रुपमा सहभागी हुन सदस्यहरुलाई आव्हान गरेका थिए । 

महासंघले हरेक वर्ष चैत्र २० गते सहकारी दिवसका अवसरमा वर्षभरीका लागि नारा तय गर्ने गरेको छ । यो वर्षका लागि ‘सहकारीको दीगोपनः स्वनियम र सुशासन’ भन्ने थिम तय गरिएको थियो । उक्त आदर्श बाक्य ‘सहकारीको दीगोपनः स्वनियम र सुशासन’ सहितका व्यानर र प्लेकार्ड लिएर सहकारीकर्मीहरुले दिवस मनाएका छन् । 

आज भन्दा ६५ वर्ष अघि अर्थात् २०१३ सालमा आजकै दिन चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा बखान ऋण सहकारी समिति स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष यही दिन राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन छ । विकासप्रेमी अगुवा स्वर्गीय बखानसिंह गुरुङको संरक्षकत्वमा बखान ऋण सहकारी समिति गठन भएको थियो । सोही कारण गुरुङलाई नेपालको सहकारी अभियानको जन्मदाता, अगुवा, संस्थापक जस्ता उपमाहरुद्वारा सम्मानभाव प्रकट गरिन्छ । 

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

८ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२३ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप