नेफ्स्कूनमा नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयनका लागि आज मतदान 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनमा नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयनका लागि आज मतदान 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति चयनको लागि आज मतदानको कार्यक्रम रहेको छ । नेफ्स्कूनमा १९ सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेको छ । 

संघको ३२औं वार्षिक साधारण सभा अन्तर्गत हिजो उद्घाटन र बन्द सत्र सकिएको थियो ।  बन्द सत्रमा महासचिव, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिका  प्रतिवेदनमाथि घनीभूत छलफल तथा प्रतिनिधिहरुको राय सल्लाह र सझावसहित पारित गरिएको थियो । यसैगरी, हिजै निर्वाचन प्रक्रियाको थालनीसँगै प्रतिनिधिहरुको अन्तिम नामावली तथा उम्मेदवारहरुको दरखास्त, त्यस उपर दाबी विरोध र निर्णयको काम सकिएको छ । संशोधित निर्वाचत कार्यतालिका अनुसार संघको निर्वाचन उपसमितिले आज उम्मेदवारी फिर्ताको लागि निश्चित समय उपलब्ध गराएको छ । त्यसपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र मतदान सुरु हुनेछ । मतदान सकिए लगत्तै मतपरिणाम घोषणाको कार्यक्रम रहेको छ । निर्वाचन उपसमितिले सम्पूर्ण प्रक्रिया पुरा गरिसकेको  र बिद्युतिय माध्यमबाट मतदान हुने जानकारी दिइएको छ । 

नेफ्स्कूनको निर्वाचन निर्देशिका, २०७० (संशोधन २०७६) अनुसार संघको सञ्चालक समितिमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सञ्चालक सदस्यहरु सात प्रदेशबाट १ जनाको हिसाबले ७ जना, महिला ३ र खुला ४ गरी १९ सदस्यीय सञ्चालक समिति र संयोजक १ जनासहित ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित हुने प्रावधान छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप