काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति चयनको लागि आज मतदानको कार्यक्रम रहेको छ । नेफ्स्कूनमा १९ सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेको छ ।
संघको ३२औं वार्षिक साधारण सभा अन्तर्गत हिजो उद्घाटन र बन्द सत्र सकिएको थियो । बन्द सत्रमा महासचिव, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिका प्रतिवेदनमाथि घनीभूत छलफल तथा प्रतिनिधिहरुको राय सल्लाह र सझावसहित पारित गरिएको थियो । यसैगरी, हिजै निर्वाचन प्रक्रियाको थालनीसँगै प्रतिनिधिहरुको अन्तिम नामावली तथा उम्मेदवारहरुको दरखास्त, त्यस उपर दाबी विरोध र निर्णयको काम सकिएको छ । संशोधित निर्वाचत कार्यतालिका अनुसार संघको निर्वाचन उपसमितिले आज उम्मेदवारी फिर्ताको लागि निश्चित समय उपलब्ध गराएको छ । त्यसपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र मतदान सुरु हुनेछ । मतदान सकिए लगत्तै मतपरिणाम घोषणाको कार्यक्रम रहेको छ । निर्वाचन उपसमितिले सम्पूर्ण प्रक्रिया पुरा गरिसकेको र बिद्युतिय माध्यमबाट मतदान हुने जानकारी दिइएको छ ।
नेफ्स्कूनको निर्वाचन निर्देशिका, २०७० (संशोधन २०७६) अनुसार संघको सञ्चालक समितिमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सञ्चालक सदस्यहरु सात प्रदेशबाट १ जनाको हिसाबले ७ जना, महिला ३ र खुला ४ गरी १९ सदस्यीय सञ्चालक समिति र संयोजक १ जनासहित ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित हुने प्रावधान छ ।
५ घण्टा अगाडि
२१ घण्टा अगाडि
२२ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
८ दिन अगाडि
९८६ दिन अगाडि
९९३ दिन अगाडि
१०१४ दिन अगाडि
१०२७ दिन अगाडि
१०५१ दिन अगाडि