युवा उद्यम प्रवर्धनमा नेफ्स्कून र राष्ट्रिय युवा परिषदबीच सुमधुर सहकार्य हुने 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
युवा उद्यम प्रवर्धनमा नेफ्स्कून र राष्ट्रिय युवा परिषदबीच सुमधुर सहकार्य हुने 

भक्तपुर । युवा उद्यम प्रवर्धनमार्फत राष्ट्रिय आवश्यकताको एउटा ज्वलन्त विषय सम्बोधनका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. र राष्ट्रिय युवा परिषद् बीच दिगो एवम् समुधर सहकार्य कायम गर्न सौहार्दपूर्ण छलफल भएको छ । 

राष्ट्रिय युवा परिषद्ले निकट भविष्यमा युवा उद्यम कार्यक्रम सूचारु गर्ने तयारी गरिरहेको सन्दर्भमा नेफ्स्कूनसँगको सहकार्यलाई नवीन ढंगबाट दिगो र उपलब्धिमूलक बनाउने गरी आज द्धिपक्षीय छलफल भएको हो ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, संघका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा, परिषद्का प्रशासकीय प्रमुख दिनेश घिमिरे, संघका बरिष्ठ अधिकृत नवीनराज दाहालसँग परिषद्को कार्यालय सानो ठिमीमा आज बिहान भएको छलफलमा युवा उद्यमशिलतामार्फत शिक्षा, उर्जा र स्वदेशमै सम्भावना खोज्नेहरुलाई सीप, तालिम, पुँजी र विज्ञ परामर्श उपलब्ध गराउने काममा संघ–परिषद् सहकार्यका आयामहरु पहिल्याउने सुरुवाती काम सम्पन्न भएको छ । 

छलफलमा नेफ्स्कूनका अध्यक्ष ढकालले बदलिदो परिस्थितिमा परिषद्सँगको विगतको सम्बन्धलाई पनि सकारात्मक निष्कर्षमा पुर्याउँदै थप आयामहरु खोजी गरिनुपर्ने बताउनुभयो । उहाँले परिवर्तित समयमा द्धिपक्षीय विश्वासको वातावरणलाई थप मजबूत बनाउँदै लगिनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नभुयो, ‘परिषद्सँग दिगो र हार्दिकतापूर्ण सम्बन्ध बनाउन नेफ्स्कून उद्यत छ । खासगरी नयाँ सञ्चालक समिति यसका लागि आवश्यक वातावरण निर्माण गर्न तयार छ ।’

प्रत्युत्तरमा परिषद्का उपाध्यक्ष बस्नेतले अध्यक्ष ढकालको धारणालाई सकारात्मक रुपमा लिदैं नेफ्स्कूनसँगको सबन्धलाई दिगो बनाउने विषयमा परिषद् पनि तयारै रहेको स्पष्ट पार्नुभयो । उहाँले नेफ्स्कूनमा नयाँ सञ्चालक समिति निर्वाचित भएकोमा अध्यक्षमार्फत बधाई तथा कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । उहाँले नयाँ सञ्चालक समितिसँग नयाँ ढंगले सहकार्य गर्न सकिने प्रबल सम्भावना व्यक्त गर्नुभयो । युवा उद्यम प्रवर्धन वर्ष २०८१ मनाउने सरकारको तयारी जानकारी गराउँदै उहाँले उक्त विषय समेत जोडेर समग्रतामा द्धिपक्षीय सहकार्यका थप सम्भावनाहरु औंल्याउनुभयो ।

छलफलमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.सापकोटाले द्धिपक्षीय सम्बन्धका नीतिगत अस्पष्टतालाई समयानुकूल सुधार गर्दै दिगो र ‘रिजल्ट ओरिएन्टेड’ बनाउने गरी काम गरिनुपर्ने उल्लेख गर्नुभयो । युवा उद्यमशिलता प्रवर्धन नेफ्स्कूनको  भावी रणनीतिक उद्देश्यभित्र अटाउने भन्दै त्यसका लागि परिषद्सँगको सहकार्य महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

उद्यमशिलताको विकास र स्वरोजगार युवाको पहुँच र सहभागिताको सुनिश्चितता तथा युवाको नेतृत्व तथा क्षमता विकासको दीर्घकालिन लक्ष्य बोेकेको परिषद् र बचत तथा ऋण सहकारीहरुमा युवा सहभागिता वृद्धि गर्दै उनीहरुलाई स्वरोजार एवम् उद्यमी बनाउन आवश्यक श्रम, सीप र पुँजी लगायतमा सदस्य संस्थाहरुमामर्फत सहजीकरण गर्दै आएको नेफ्स्कूनबीच सहकार्य रहँदै आएको छ । 
 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप