लोकदिप साकोसद्वारा स्वास्थ्य शिविर आयोजना; २ सय बढी लाभान्वित 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लोकदिप साकोसद्वारा स्वास्थ्य शिविर आयोजना; २ सय बढी लाभान्वित 

म्याग्दी । सदरमुकाम बेनीबजारमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि. को ११औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरबाट २ सयभन्दा बढी लाभान्वित भएका छन् । साकोसका सेयर सदस्य लक्षित निःशुल्क (सुगर,प्रेसर र दाँत) परीक्षण शिविरमा २ सय ९ जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरको उद्घाटन गदैं सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्की (विर्खची) ले वित्तीय सेवामात्रै नभई सहकारीले सेयर सदस्य लक्षित स्वास्थ्यलगायतका सामाजिक कार्यमा समेत केन्द्रित हुनुपर्ने बताउनुभयो । 

‘सेयर सदस्यको हितमा काम गरिरहेका सहकारी सधै बलियो हुन्छ, सेवामुलक र वित्तिय साक्षरतामार्फत सहकारीप्रतिको भ्रम चिर्नुपर्छ’अध्यक्ष कार्कीले भन्नुभयो। उहाँले सहकारीका सञ्चालन, कर्मचारी इमान्दार भएको सहकारी कहिल्यै कमजोर अवस्थामा नपुग्ने भएकाले सहकारीका सेयर सदस्यको समेत निगरानी आवश्यक रहेको बताउनुभयो। स्थापना दिवसको अवसरमा प्रमुख अतिथि सहकारी संघका अध्यक्ष कार्की र सहकारीका सल्लाहकार पुष्कलबहादुर जोशी, तेजबहादुर भण्डारी र चन्द्रबहादुर क्षत्रीले केक काटेर संयुक्त रुपमा कार्यक्रम उद्घाटन गर्नुभएको थियो । 

शिविरमा सुगर,प्रेसर र दाँतको चेकजाँच तथा अन्य स्वास्थ्य समस्याका बारेमा समेत जानकारी गराइएको थियो । शिविरमा बेनी अस्पतालका मेडिकल अधिकृत डा। गोविन्द पोख्रेल,कोर स्माईल डेन्टल क्लिनिकका डा। मोचन श्रेष्ठ र बेनी अस्पतालमा ल्याब टेक्निसियन सिताराम श्रेष्ठले चेकजाँच गर्नुभएको थियो । स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमको अध्यक्षता लोकदिप सहकारीका उपाध्यक्ष देबेन्द्र पौडेल, स्वागत सह–सचिव गोविन्द रिजाल र सञ्चालन सचिव अर्जुन पौडेलले गर्नुभएको थियो ।

सहकारीले स्थापना दिवसको अवसरमा बेनी अस्पतालमा रक्तदान, बालगृहका बालबालिकालाई सहयोग सहित सहकारी सदस्य केन्द्रित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताउनुभयो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

५ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप