पोखरा रोयल र सिवाईसी साकोसमा व्यवसाय विकास सेवा कक्ष स्थापना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरा रोयल र सिवाईसी साकोसमा व्यवसाय विकास सेवा कक्ष स्थापना

कास्कीको पोखरा रोयल तथा बागलुङको सीवाईसी साकोसमा व्यवसाय विकास सेवा कक्ष (BDS Desk) स्थापना गरिएको छ । अमेरिकी अन्तर्राष्टिय सहयोग नियोग (यूएसएड) अन्तर्गतको Trade and Competitiveness  र नेफ्स्कूनको साझेदारी कार्यक्रम अन्तर्गत व्यवसाय विकास सेवा कक्ष स्थापना गरिएको हो ।

दुबै साकोसको सेवा कक्षको यूएसएड नेपाल चीफ अफ पार्टी एग्नेस लुजले उद्घाटन गर्नुभएको हो ।  यूएसएड अन्तर्गतको Trade and Competitiveness र नेफ्स्कूनको सहयोगमा देशका विभिन्न ३१ साकोसमा व्यवसाय विकास कक्ष स्थापना गर्ने योजना अनुसार पछिल्लो पटक पोखरा रोयल र  सीवाईसी साकोसमा बीडीएस डेस्क स्थापना गरिएको हो ।

पोखरा रोयल साकोसले सदस्यको आवश्यकता र व्यावसायिक परियोजनाका आधारमा उद्यम सञ्चालनका लागि आवश्यक परामर्श, सीप र पुँजी उपलब्ध गराउँदै सदस्यहरुलाई उद्यमी बनाउन बीडीएस डेस्कको सुरुवात गरिएको जनाएको छ । साकोसले बीडीएस डेस्क परामर्शका लागि संस्थाका ऋण विभाग प्रमुख अभिषेक गुरुङ्गलाई परामर्शदाताको रुपमा जिम्मेवारी प्रदान गरिएको छ ।

संस्थाले गरेका गतिविधिहरुमा बीडीएस डेस्कको थालनीले थप प्रभावकारी हुने र संस्थाको ख्याती वृद्धि गराउन मद्दत पुग्ने यूएसएड चिफ अफ पार्टी एग्नेस लुजले बताउनुभयो । उक्त कार्यक्रममा पोखरा रोयल साकोसका सञ्चालक समिति, उच्च व्यवस्थापन लगायत कर्मचारीहरुका साथै USAID ‘एक्सेस टु फाइनान्स’का प्रबन्धक सञ्जय झा, नेफ्स्कुनका वरिष्ठ अधिकृत नवीनराज दाहाल र अधिकृत मनोज खड्काको सहभागिता रहेको थियो ।

त्यसैगरी, सीवाईसी साकोसका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संचालक समितिका सदस्य गोपाल कुमार शर्मा र संचालन सचिव ज्ञानेन्द्रराज पन्तले गर्नु भएको थियो । संस्थाको यो डेस्कले युवाहरूलाई व्यवसाय सञ्चालन, श्रोत व्यवस्थापन, व्यवसाय योजना, प्राविधिक सुविधा, मार्केटिङमा सहयोग, सम्भावित पेशागत उद्यम गर्न चाहने महिला, महिला तथा अपाङ्गता भएका सदस्यहरूलाई परामर्श र सल्लाह दिने छ । व्यवसाय विकास कक्षको परामर्शदाताका रूपमा सहकारीका सहायक प्रवन्धक शालिकराम पौडेललाई नियुक्त गरिएको छ ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२२ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप