गैडाकोट, नवलपुर । नवलपुर जिल्ला बचत तथा ॠण सहकारी संघ लि, नवलपरासी (व सु पूर्व) को आयोजनामा दुई दिवसीय लेखा सुपरिवेक्षण समितिको क्षमता विकास तालिम सञ्चालन गरिएको छ । तालिममा समितको काम ,कर्तव्य र अधिकार विषयसँगै विद्यमान परिस्थितिसँग जोडेर समिति कसरी थप सक्रिय भएर सहकारी संस्था सञ्चालनमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्दछ भन्ने विषयमा जोड दिइएको थियो । चैत ६ र ७ गते सञ्चालित तालिममा ३० जनाको सहभागिता रहेको थियो ।