विश्व क्रेडिट युनियन सम्मेलनको 'ब्रेक आउट' सत्रमा प्रकाश कोइरालाले अनुभव सुनाउने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विश्व क्रेडिट युनियन सम्मेलनको 'ब्रेक आउट' सत्रमा प्रकाश कोइरालाले अनुभव सुनाउने

काठमाडौं । अमेरिकाको बोस्टन शहरमा आगामी जुलाई २१ देखि २४ मा आयोजना हुने विश्व क्रेडिट युनियन सम्मेलन २०२४ को एउटा ब्रेक आउट सत्रमा वित्तीय समावेशिता, साक्षरता तथा प्रविधि वित्तीय शिक्षाका विषयमा प्रकाश कोइरालाले अनुभव सुनाउनु हुनेभएको छ । यस सम्बन्धी जानकारी सेयर गर्दै कोइरालाले ब्रेक उट सेसनमा सहभागिताका लागि आफू छनौट भएको उल्लेख गर्नुभएको छ । ओकूबाट आफूलाई उत्र सत्रमा सहभागी हुन योग्य ठानिएको भन्दै प्रसन्नता व्यक्त गर्नुभएको छ ।

उक्त सत्रमा उहाँसँगै नेशनल क्रेडिट युनियन फाउन्डेशनकी कार्यकारी निर्देशक क्रिश्चियन गिगी हाइल्याण्ड पनि सहभागी हुने निश्चित भएको छ । गिगी हाइल्याण्ड आफैमा विश्व क्रेडिट युनियनका लागि चिरपरिचित नाम हो जसले थुप्रै तालिम सँगै अन्य कार्यक्रमहरुमा सहजीकरण गरिसक्नुभएको छ ।

ओकूको महत्वपूर्ण सम्मेलनको ब्रेक आउट सेसनमा सहभागिताको आशयसहित कोइरालाले प्रस्ताव पेश गर्नुभएको थियो । उक्त प्रस्ताव स्वीकृत भएको उहाँले जनाउनुभएको हो । कोइरालाले विश्व क्रेडिट युनियनको जमघटमा विषयवस्तु सँग सम्बन्धित आफ्नो काम र अवधारणा प्रस्तुत गर्न पाउनुलाई महत्वपूर्ण अवसर भएको बताउनुभएको छ ।

नेपालमा बचत ऋण सहकारीहरुसँग काम गर्नुभएका र सहकारी अभियानसँग निकट रहनुभएका कोइरालाले यहाँको अनुभव र साकोस अभियानका पछिल्ला विषयवस्तुहरुमा पनि आफ्नो धारणा राख्ने जानकारी गराउनुभएको छ । सम्मेलनका केही मुख्य वक्ताहरु (आकर्षण) को नाम ओकूले सार्वजनिक गरिसकेको छ । 

विगत केही वर्षदेखि क्यानाडामा रहनुभएका दोलखाका कोइरालाले कोभिड महामारीको समयमा नेफ्स्कूनको अगुवाइमा नेफ्स्कून-साकोस म्यानेजर्स क्लबले जुम प्लेटफर्ममार्फत आयोजना गरेको कार्यक्रममा वित्तीय शिक्षाका विविध आयामबारे सहजीकरण गर्नुभएको थियो । नेपालमा रहँदा पनि उहाँले ग्रामीण क्षेत्रहरुमा विद्यालयदेखि सहकारी अन्य विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा वित्तीय शिक्षा, साक्षरता, समावेशिता, प्रविधि आदि विषयमा कार्यक्रमहरु सञ्चालन गर्नुभएको थियो ।

उहाँ विश्व प्रसिद्ध म्यागजिन फोर्ब्सको सन् २०२१ को फाइनान्स एण्ड भेन्चर क्यापिटल बिधामा अन्डर थर्टी (एशिया) को सूचीमा समेत पर्नुभएको थियो । कोइरालाले क्यानाडामा वित्तीय समावेशीकरणसँग सम्बन्धित कोर्ष गरिरहनुभएको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२२ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप