मन्त्री अधिकारी र ओकू प्रतिनिधिबीच वासिङ्टनमा महत्वपूर्ण भेटवार्ता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मन्त्री अधिकारी र ओकू प्रतिनिधिबीच वासिङ्टनमा महत्वपूर्ण भेटवार्ता

काठमाडौं । अमेरिका भ्रमणमा रहनुभएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विश्व ऋण परिषद् (ओकू) का प्रतिनिधिहरुसँग भेट गरी नेपालको साकोस अभियानको विश्सनीयता र दिगोपना अभिवृद्धिका विषयमा महत्वपूर्ण छलफल गर्नुभएको छ ।

मन्त्री अधिकारीले ओकूकी प्रमुख कार्यकारी अधिकृत एलिसा म्याककार्टर लाबोर्ड तथा अन्तर्राष्ट्रिय बहसपैरवी तथा नियमन सहजीकरण विज्ञ एरिन ओ हर्नसँग वासिङ्टनमा भेटवार्ता गर्नुभएको हो । उक्त भेटबारे विस्तृतमा जानकारी गराउँदै नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्नुभयो, ‘हामी निरन्तर मन्त्रीज्यूसँग सम्पर्कमा रहेका थियौं । उहाँ अमेरिका जाने कार्यक्रम तय भएसँगै ओकूसँग भेटको प्रबन्ध मिलायौं । ओकूकी प्रमुख कार्यकारी अधिकृत एलिसासँग भेटको लागि संघका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटामार्फत समन्वय गरेका थियौं ।’

उहाँले भन्नुभयो, ‘यसरी अमेरिका भ्रमणका बेला पनि ओकूसँग समय व्यवस्थापन गरेर भेट गर्नु र अहिलेको आवश्यकता सम्बोधनका लागि सरकारको भूमिका के हुनुपर्छ, ओकूको धारणा के छ र उसको के कस्तो सहयोग रहनसक्छ भन्ने विषयमा छलफल गर्नुले पनि सहकारी तथा साकोस अभियानप्रति मन्त्रीज्यूको  सकारात्मक धारणा र प्राथमिकता प्रष्ट हुन्छ ।’

अध्यक्ष ढकालले ओकूसँग भेटपूर्व र भेटवार्तापछि पनि मन्त्री अधिकारीसँग छलफल भएको जानकारी गराउँदै उक्त भेटले ओकूको भूमिका, धारणासँगै सहयोग एवम् सहजीकरण बारेमा नजिकसँग बुझ्ने अवसर प्राप्त भएको मन्त्री अधिकारीले उल्लेख गर्नुभएको जानकारी गराउनुभयो ।

मन्त्री अधिकारीले नेपालको साकोस अभियानलाई सुरक्षित, स्वस्थ्य र दिगो बनाउन ओकूले पनि बलियो नियमन तथा सुपरिवेक्षणको आवश्यकतामा जोड दिदैं त्यसका लागि आवश्यक सबै भूमिका निर्वाह गर्न आफू तयार रहेको धारणा राखेको जानकारी गराउनुभएको अध्यक्ष ढकालले बताउनुभयो ।

उक्त भेटमा ओकूकी एलिसा  र एरिनले साकोसहरुको पृथक संरचना तथा ध्येयका कारण स्थानीय समुदायहरुमा वित्तीय पहुँच विस्तारमा भएका कमीहरु पूरा गर्न सक्षम हुने धारणा समेत राख्नुभएको थियो । मन्त्री अधिकारी र ओकूबीचको भेटमा खासगरी, नेपालमा बचत तथा ऋण सहकारीको अनुगमन र नियमनलाई प्रभावकारी बनाउन नेपाल सरकार र अभियान वा नेफ्स्कूसँग ओकूको अपेक्षा, नेपालमा वित्तीय सहकारीहरुलाई व्यवस्थित बनाउन, नीति, कानून वा कार्यविधिको तयारी एवम् पैरवीमा विश्व ऋण परिषदको साथ सहयोग, नेपालमा वित्तीय सहकारी सञ्चालनको लागि तहगत संरचना स्वरुप, नेपालमा सहकारीहरुका लागि कर्जा सूचना केन्द्र, कर्जा सुरक्षण कोष र के स्थिरीकरण कोषको प्रभावकारी मोडल, नेपालमा वित्तीय सहकारी र बैंकहरु बीचको अन्तरसम्बन्ध स्थापनाको संरचना आदि विषयमा छलफल केद्रीत गरेको मन्त्री अधिकारीले बताउनुभएको जानकारी नेफ्स्कून अध्यक्षले गराउनुभयो । 

ओकूले पनि नेपालको साकोस अभियानलाई स्वस्थ्य, सुरक्षित र दिगो बनाउन बलियो सुपरिवेक्षण तथा नियमन संरचनाको आवश्यकताबारे पटकपटक धारणा सार्वजनिक गर्दै आएको छ । ओकूले पनि यो महत्वपूर्ण भेटवार्ताका सम्बन्धमा सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै नेपालमा साकोस अभियानको दिगोपनाका लागि बलियो निमयन तथा सुपरिवेक्षणको आवश्यकता रहेको उल्लेख गर्नुका साथै साकोसहरुको पृथकतामार्फत समुदायमा वित्तीय पहुँच अभिवृद्धिमा पुर्याउन सक्ने योगदानबारे द्धिपक्षीय छलफल भएको जनाएको छ ।

नेफ्स्कूनले गत बैशाख २५ र २६ गते काठमाडौंमा आयोजना गरेको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीको उद्घाटन कार्यक्रममा ओकू र एशियाली ऋण महासंघ (अकू) तथा नेफ्स्कूनसँगको साइडलाइन वार्ताका क्रममा पनि मन्त्री अधिकारीले आफ्नो आसन्न अमेरिका भ्रमणका क्रममा समय व्यवस्थापन गरेर विश्व ऋण परिषद्सँग भेट गर्ने बताउनुभएको थियो ।

उक्त अवसरमा एरिन ओ हर्नसँगै अकूकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यान रोके तथा प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचीसँग साकोस अभियानका समसामयिक विषयमा र सरकारको भूमिकाबारे छलफल गर्नुभएको थियो । त्यस अवसरमा नेफ्स्कूनका अध्यक्ष ढकाल, बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, उपाध्यक्ष शान्ति अधिकारी, महासचिव घनश्याम अधिकारी, लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेल, प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा सहभागी हुनुहुन्थ्यो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप