नेफ्स्कूनको आयोजनामा आज गण्डकी प्रदेशस्तरीय साकोस जोखिम विश्लेषण कार्यशाला  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको आयोजनामा आज गण्डकी प्रदेशस्तरीय साकोस जोखिम विश्लेषण कार्यशाला  

काठमाडौं । सहकारी विभागसँगको साझेदारीमा नेफ्स्कूनले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय साकोस जोखिम विश्लेषण कार्यशाला आज पोखरामा सुरु भएको छ । साकोसहरुमा हुने विभिन्न खालका जोखिमहरुबारे जानकारी उपलब्ध गराउने, पूर्व सावधानी अपनाउने, समयमै तिनको पहिचान गर्ने र समाधान गर्ने विधि र औजार उपलब्ध गराउने उद्देश्यले नेफ्स्कूनले कार्यशाला आयोजना गरेको हो । 

आज गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यता तथा नेफ्सकूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा कार्यशालाको उद्घाटन भएको छ । कार्यशालामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको विशिष्ट आतिथ्यता रहेको छ भने गण्डकी प्रदेशका सहकारी रजिष्ट्रार भेषराज रिजाल, नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, सञ्चालकद्वय कमलादेवी गिरी र गोपाल प्रसाद गौतम, निबर्तमान सञ्चालक चण्डी प्रसाद शर्मा पौडेल, पूर्व सञ्चालक भिम गुरुङ्ग, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, जिल्ला बचत संघका अध्यक्ष शेर बहादुर केसी, म्यानेजर्स क्लब कास्कीका संयोजक अपिल कोइरालासँगै ३० साकोसका प्रतिनिधिहरुको सहभागिता रहेको छ । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष अधिकारीले स्वागत गर्नुभएको कार्यशालाको उद्घाटन सत्र सञ्चालन संघकी सञ्चालक कमलादेवी गिरिले गर्नु भएको थियो । 

सहकारी विभागसँगको साझेदारीमा सातै प्रदेशमा आयोजना हुने साकोस जोखिम विश्लेषण कार्यशाला यस अघि बागमती र लुम्बिनीमा सम्पन्न भैसकेको छ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप