सदस्य संस्थाहरुसँग सम्बन्ध प्रगाढ बनाउँदै रौतहट जिल्ला बचत संघ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य संस्थाहरुसँग सम्बन्ध प्रगाढ बनाउँदै रौतहट जिल्ला बचत संघ

चन्द्रपुर । रौतहट बचत तथा ऋण सहकारी संघ लिले सदस्य संस्थाहरुसँगको सम्बन्ध र सहकार्यलाई प्रगाढ बनाउने अभियानलाई निरन्तरता दिएको छ । यही उद्देश्यका साथ संघले सुरु गरेको प्रारम्भिक संस्था लक्षित घुम्ती बैठकका क्रममा जेठ ३ गते ७ वटा साकोसको भ्रमण गरी तिनको वित्तिय अवस्था, कार्यालय व्यवस्थापन, चुनौती, समस्या र सम्भावनाहरुबारे छलफल गरेको छ ।

बचत संघका अध्यक्ष विभु पोखरेलले जिल्लाको साकोस अभियानलाई सशक्त बनाउने, सदस्यहरुसँग निकट सम्बन्ध राख्ने र समस्याहरुबारे सहजीकरण प्रयाग गर्ने उद्देश्यले घुम्ती बैठक राखिएको बताउनुभयो । संघले हिजो बिहिवार गौर स्थित देब साकोस, श्री ॐ मातृभुमी महिला साकोस, सुर्य दर्शन बहुमुखी साकोस,  जीवन साधना साकोस इशनाथ न पा ६, ॐ साकोस, बोधिमाइ न पा ४, आदर्श साकोस, माधब नारायण न पा ७, हाम्रो साकोस, गरुडा न पा ४ को भ्रमण गरी सञ्चालक समिति तथा व्यवस्थापन प्रतिनिधिहरुसँग छलफल गरेको हो । 

छलफलका क्रममा अधिकांश साकोसका प्रतिनिधिहरुले बचत फिर्ता भन्दा पनि नियमानुसार ऋण उठाउन कठिनाई भएको समस्या प्रस्तुत गर्नुभएको थियो । त्यस्तै सदस्य संस्थाहरुले सुशासन, तालिम, शिक्षा, आदि सम्बन्धमा रौतहट बचत संघको सहयोगको अपेक्षा राख्नु भएको थियो । देव साकोसले जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) मा आवद्धता जनाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

यस्तै, हाम्रो साकोस, जीवन साधना साकोस, आदर्श साकोसले सदस्यता नवीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । टोलीमा बचत संघका उपाध्यक्ष राम बिश्वास पासवान, महासचिव देब बहादुर सापकोटा, सचिव बसन्त आचार्य, कोषाध्यक्ष नरेन्द्र राना, सञ्चालक दुर्गा आचार्य, कल्पना दाहाल व्यवस्थापक नेवालाल राम सहभागी हुनुहुन्थ्यो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप