अबिच्युरी
नेफ्स्कून पूर्व सञ्चालक अग्रज सहकारी अभियन्ता कार्कीको निधन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून पूर्व सञ्चालक अग्रज सहकारी अभियन्ता कार्कीको निधन

काठमाडौं । नेफ्स्कूनका पूर्व सञ्चालक, अग्रज सहकारी अभियन्ता एवम् सामाजिक व्यक्तित्व गोकुलध्वज कार्कीको ७१ वर्षको उमेरमा हिजो साँझ निधन भएको छ । रामेछाप बेताली स्थायी घर भएका उहाँ काठमाडौंको भक्तपुरस्थित नरेफाँटमा बसोबास गर्दै आउनुभएको थियो । शरिरमा असहजतापछि हिजो साँझ करिब साढे सात बजेतिर अस्पताल पुर्याइएका उहाँको त्यही निधन भएको निकटस्थ स्रोतबाट जानकारी प्राप्त भएको छ । आजै पशुपति आर्यघाटमा उहाँको अन्तिम संस्कार गरिएको छ । 

यसैबीच, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष दिपक थापा, लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेल लगायत आज आर्यघाट पुगी अन्तिम संस्कारमा सहभागी भई स्वर्गीय कार्कीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । साथै उहाँहरुले स्वर्गीय कार्कीका परिवारजनका सदस्यहरुलाई भेटी समवेदनासहित सान्त्वना प्रदान गर्नुभएको थियो ।

कर्मथलो दोलखा बनाउनुभएका कार्कीले दोलखाली सहकारीको आधारशिला निर्माण, विकास र प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । जिरीस्थित तत्कालीन प्रेन्डशीप बचत तथा ऋण सहकारी संस्था लि. (हाल एकीकृत फ्रेण्डशीप साकोस) का संस्थापक अध्यक्ष रहनुभएका कार्कीले त्यहाँ २० वर्ष नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । यसैगरी, उहाँ जिल्ला सहकारी संघ लि. दोलखाका पनि पूर्व अध्यक्ष हुनुहुन्थ्यो भने जिल्ला बचत संघको संस्थापक महासचिव हुँदै पछि सल्लाहकार रहनुभएको थियो ।

तत्कालीन फ्रेण्डशीप साकोसको प्रतिनिधित्व गर्दै उहाँ नेफ्स्कूनको २०५० साल फागुन ३ गते सम्पन्न साधारण सभाबाट लेखा सुपरिवेक्षण समिति सदस्य निर्वाचित हुनुभएको थियो । त्यसपछि, २०५३ सल फागुन ११ गते सम्पन्न साधारण सभाबाट उहाँ सञ्चालक सदस्य निर्वाचित हुनुभएको थियो । त्यसैगरी, २०५७ साल माघ १८ गते सम्पन्न साधारण सभाबाट उहाँ सञ्चालक सदस्य निर्वाचित हुनुभएको थियो । यस्तै, २०६४ साल मंसिर १५ गते बाँकेको नेपालगंजमा भएको साधारण सभाबाट पनि उहाँ पुनः सञ्चालक निर्वाचित हुनुभएको थियो । नेफ्स्कूनमा उहाँको त्यो अन्तिम कार्यकाल थियो । शिक्षण पेशामा आवद्ध कार्की ढुङ्गेश्वरी निमावि (हाल मावि) को प्रधानाध्यापकबाट सेवा निवृत्त हुनुभएको थियो ।

नेफ्स्कूनले कार्कीको असामयिक एवम् अकल्पनीय निधनप्रति गहिरो दुःख व्यक्त गर्दै संघको प्रारम्भिक अवस्थामा लेखा सुपरिवेक्षण समिति तथा सञ्चालक समितिमा बसेर उहाँले मुलुकको सहकारी अभियानमा पुर्याउनुभएको योगदान अविस्मरणीय रहने जनाएको छ । कार्कीको निधनले नेपालको सहकारी अभियानमा अपुरणीय क्षति भएको नेफ्स्कूनले जनाएको छ । साथै संघले शोकको यस घडीमा शोक सन्तप्त परिवारप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनि संघले कामना गरेको छ । विगत लामो समय अमेरिकामा बसोबास गर्नुभएका उहाँ केही महिनाअघि मात्र नेपाल फर्कनुभएको थियो । वि.स २००९ साल पुस २७ गते जन्मनुभएका कार्कीका पत्नी ३ छोरा र १ छोरी छन् । 

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

४ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप