अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा नेफ्स्कून
भारतमा महत्वपूर्ण ‘साइडलाइन’ बैठकहरुमा व्यस्त नेफ्स्कून 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भारतमा महत्वपूर्ण ‘साइडलाइन’ बैठकहरुमा व्यस्त नेफ्स्कून 

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को टोली त्यहाँस्थित सहकारीका शीर्ष निकाय तथा नेतृत्वहरुसँग भेटर्वार्तामा व्यस्त रहेको छ ।

नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सहकारी सम्मेलन २०२४ मा सहभागिता जनाएको नेफ्स्कून टोलीले भारतीय सहकारी अभियानको सर्वोच्च निकाय भारतीय राष्ट्रिय सहकारी संघ (एनसीयूआई) का अध्यक्ष दिलीप सांघानीसँग महत्वपूर्ण छलफल गरेको छ ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सञ्चालक शोभा कुमारी राउत तथा प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले इन्डियन फामर्स फर्टिलाईजर कोअपरेटिभ लिमिटेड (इफ्को) सँगै गुजरात स्टेट कोअपरेटिभ मार्केटिङ फेडेरेशन (गुजकोमासोल) का समेत अध्यक्ष रहनुभएका सांघानीसँग नेफ्स्कून–एनसीयूआई–इफ्को बीच विभिन्न क्षेत्रमा पारस्परिक सहयोग, समन्वय र सहकार्यका माध्यमबाट नेपालको सहकारी अभियानको विकास र प्रवर्धनका विषयमा विस्तृत छलफल भएको संघका प्रमुख कार्यकारी अधिकृत डा. सापकोटाले जानकारी गराउनुभयो ।

भेटमा नेफ्स्कूनले भारतीय बचत ऋण सहकारी अभियानसँग मिलेर काम गर्ने इच्छा समेत व्यक्त गरेको थियो जसलाई सांघानीले अत्यन्त सकारात्मक रुपमा लिनुभएको थियो ।

नेफ्स्कून टोलीसँगको भेटलाई निकै महत्व दिनुभएका सांघानीले उक्त भेटका सम्बन्धमा उत्साहित हुँदै ट्वीट समेत गर्नुभएको छ । भारतीय प्रभावशाली राजनीतिज्ञको छवि बनाउनुभएका प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र सांघानीको सहकारी अभियानमा समेत लामो योगदान छ । गुजरात राज्यको अम्रेलीका सांसद सांघानी पूर्व मन्त्री समेत हुनुहुन्छ ।

यसैगरी, नेफ्स्कून टोलीले नेपाल भारत द्धिपक्षीय सहायता समितिका सदस्य बिनोद आनन्दसँग पनि भेट गरी नेपालको सहकारी अभियानमार्फत दुई मुलुकबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउने विषयमा छलफल भएको छ । दुई असल छिमेकीबीचको चिरकालदेखिको प्रगाढ सम्बन्धलाई नयाँ उचाइ दिन सहकारी क्षेत्र सेतु बन्न सक्ने विश्वास दुबै पक्षले बैठकमा लिएको नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृतले साकोस आवाजलाई बताउनुभयो ।

यस्तै, नेफ्स्कून टोलीले अन्तर्राष्ट्रिय सहकारी महासंघ अन्तर्गतको बहुक्षेत्रीय समितिको बैठकमा पनि सहभागिता जनाएको छ । उक्त उच्चस्तरीय बैठकमा आईसीएका अध्यक्ष एरियल ग्वार्को, आईसीए एपीका अध्यक्ष डा. चन्द्रपाल सिंह यादव, एनसीयूआईका अध्यक्ष दिलीप सांघानी, आईसीएका महानिर्देशक एरोन डगलस लगायतको सहभागिता थियो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

६ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

११ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप