शक्तिशाली प्राधिकरणले सहकारी सुशासन र शुद्धीकरणमा काम गर्ने विश्वास लिएका छौं: नेफ्स्कून अध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
शक्तिशाली प्राधिकरणले सहकारी सुशासन र शुद्धीकरणमा काम गर्ने विश्वास लिएका छौं: नेफ्स्कून अध्यक्ष ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी क्षेत्रको समूल व्यवस्थापनका लागि सरकारले अध्यादेशमार्फत व्यवस्था गरेको राष्ट्रिय सहकारी नियमन प्राधिकरणले आफ्नो उद्देश्य अनुरुप काम गर्ने विश्वास लिएको बताउनुभएको छ । आज आयोजित प्राधिकरणको उद्घाटन कार्यक्रमका अतिथि नेफ्स्कून अध्यक्ष ढकालले भन्नुभयो, ‘शक्तिशाली प्राधिकरणले अब सहकारी सुशासन र सुद्धीकरणको लागि उद्देश्यअनुरुप काम गर्ने विश्वास लिएका छौं ।’

सहकारी क्षेत्रले प्राधिकरण गठनको विषयलाई सकारात्मक रुपमा लिदैं स्वागत गरेको पनि उहाँले बताउनुभयो । अध्यक्ष ढकालले भन्नुभयो, ‘प्राधिकरण संस्थागत भएको दिन हामी खुसी छौं । यसको उद्देश्य कार्यान्वयन गराउन हामी सहयोग गर्न तयार छौं ।

सहकारीमार्फत समृद्धिलाई संस्थागत गर्ने विषय प्रमुख भएको भन्दै प्राधिकरणले त्यस दिशामा गर्ने काममा सहकारी तथा साकोस अभियानको साथ र सहयोग रहने पनि उहाँले बताउनुभयो । अध्यक्ष ढकालले भन्नुभयो, ‘प्राधिकरणलाई आफ्नो उद्देश्य अनुरुप काम गरी सफल बनाउने दिशामा हामी सबै सरोकारवालाहरुको साथ र सहयोग रहनेछ । प्राधिकरण स्थापना भएकोमा हामी सबै बधाई र धन्यवादका पात्र छौं । प्राधिकरणलाई संस्थागत गर्ने विषयसँग हामी खुसी छौं ।’

उहाँले कुनै पनि ऐन, कानून, निर्देशन वा मापदण्ड कार्यान्वयनको कुरा सबैभन्दा महत्वपूर्ण हुने भन्दै सहकारीका विगतका कानूनहरु पनि पूर्ण कार्यान्वयन हुन नसकेको बताउँदै प्राधिकरण आफ्ना उद्देश्य अनुरुप काम गर्न सफल हुनुपर्ने आशय अभिव्यक्त गर्नुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो, ‘सहकारी ऐन २०७४ कमजोर सहकारी ऐन थिएन । त्यसअघि २०४८ को ऐन पनि धेरै कमजोर होइन तर सबै कार्यान्वयनमा कहीकतै कमी भयो । क्रियाशील हुन तिनले पूर्ण रुप धारण गर्न सकेनन् । कार्यान्वय पक्ष महत्वपूर्ण हुन्छ । त्यसमा सामूहिक जिम्मेवारी र जवाफदेहीता पनि आवश्यक छ । र, अब यो प्राधिकरणलाई उद्देश्य अनुरुप सफल बनाउन हामी सबैले सहयोग गर्नुपर्छ ।’

उहाँले सहकारीका ऐन, काूनन र निर्देशनहरु  कार्यान्वय गराउन नेफ्स्कूनले सधै सहयोगी भूमिका खेलेको पनि चर्चा गर्नुभयो । 
एक अर्को प्रसङ्मा अध्यक्ष ढकालले नेपाल राष्ट बैंकले बचत तथा ऋण सहकारीहरुका लागि हालै जारी गरेको प्रस्तावित निर्देशनका विषयमा देशभरका ३ हजार बढी साकोसबाट सुझाव आएको भन्दै तिनलाई संश्लेषित गरी थप गृहकार्यमार्फत विभागीय मन्त्री, सचिव, प्राधिकरण अध्यक्ष र सम्बन्धित सरोकारवालालाई बुझाउने जानकारी पनि गराउनुभयो ।
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५९ दिन अगाडि

पाठकबाट थप