शक्तिशाली प्राधिकरणले सहकारी सुशासन र शुद्धीकरणमा काम गर्ने विश्वास लिएका छौं: नेफ्स्कून अध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
शक्तिशाली प्राधिकरणले सहकारी सुशासन र शुद्धीकरणमा काम गर्ने विश्वास लिएका छौं: नेफ्स्कून अध्यक्ष ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी क्षेत्रको समूल व्यवस्थापनका लागि सरकारले अध्यादेशमार्फत व्यवस्था गरेको राष्ट्रिय सहकारी नियमन प्राधिकरणले आफ्नो उद्देश्य अनुरुप काम गर्ने विश्वास लिएको बताउनुभएको छ । आज आयोजित प्राधिकरणको उद्घाटन कार्यक्रमका अतिथि नेफ्स्कून अध्यक्ष ढकालले भन्नुभयो, ‘शक्तिशाली प्राधिकरणले अब सहकारी सुशासन र सुद्धीकरणको लागि उद्देश्यअनुरुप काम गर्ने विश्वास लिएका छौं ।’

सहकारी क्षेत्रले प्राधिकरण गठनको विषयलाई सकारात्मक रुपमा लिदैं स्वागत गरेको पनि उहाँले बताउनुभयो । अध्यक्ष ढकालले भन्नुभयो, ‘प्राधिकरण संस्थागत भएको दिन हामी खुसी छौं । यसको उद्देश्य कार्यान्वयन गराउन हामी सहयोग गर्न तयार छौं ।

सहकारीमार्फत समृद्धिलाई संस्थागत गर्ने विषय प्रमुख भएको भन्दै प्राधिकरणले त्यस दिशामा गर्ने काममा सहकारी तथा साकोस अभियानको साथ र सहयोग रहने पनि उहाँले बताउनुभयो । अध्यक्ष ढकालले भन्नुभयो, ‘प्राधिकरणलाई आफ्नो उद्देश्य अनुरुप काम गरी सफल बनाउने दिशामा हामी सबै सरोकारवालाहरुको साथ र सहयोग रहनेछ । प्राधिकरण स्थापना भएकोमा हामी सबै बधाई र धन्यवादका पात्र छौं । प्राधिकरणलाई संस्थागत गर्ने विषयसँग हामी खुसी छौं ।’

उहाँले कुनै पनि ऐन, कानून, निर्देशन वा मापदण्ड कार्यान्वयनको कुरा सबैभन्दा महत्वपूर्ण हुने भन्दै सहकारीका विगतका कानूनहरु पनि पूर्ण कार्यान्वयन हुन नसकेको बताउँदै प्राधिकरण आफ्ना उद्देश्य अनुरुप काम गर्न सफल हुनुपर्ने आशय अभिव्यक्त गर्नुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो, ‘सहकारी ऐन २०७४ कमजोर सहकारी ऐन थिएन । त्यसअघि २०४८ को ऐन पनि धेरै कमजोर होइन तर सबै कार्यान्वयनमा कहीकतै कमी भयो । क्रियाशील हुन तिनले पूर्ण रुप धारण गर्न सकेनन् । कार्यान्वय पक्ष महत्वपूर्ण हुन्छ । त्यसमा सामूहिक जिम्मेवारी र जवाफदेहीता पनि आवश्यक छ । र, अब यो प्राधिकरणलाई उद्देश्य अनुरुप सफल बनाउन हामी सबैले सहयोग गर्नुपर्छ ।’

उहाँले सहकारीका ऐन, काूनन र निर्देशनहरु  कार्यान्वय गराउन नेफ्स्कूनले सधै सहयोगी भूमिका खेलेको पनि चर्चा गर्नुभयो । 
एक अर्को प्रसङ्मा अध्यक्ष ढकालले नेपाल राष्ट बैंकले बचत तथा ऋण सहकारीहरुका लागि हालै जारी गरेको प्रस्तावित निर्देशनका विषयमा देशभरका ३ हजार बढी साकोसबाट सुझाव आएको भन्दै तिनलाई संश्लेषित गरी थप गृहकार्यमार्फत विभागीय मन्त्री, सचिव, प्राधिकरण अध्यक्ष र सम्बन्धित सरोकारवालालाई बुझाउने जानकारी पनि गराउनुभयो ।
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप