नेपालगञ्जमा ‘व्यवसाय प्रवर्धनका लागि अन्तरक्रिया कार्यक्रम’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपालगञ्जमा ‘व्यवसाय प्रवर्धनका लागि अन्तरक्रिया कार्यक्रम’

बाँके । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) नेपालगञ्ज सदस्य सेवा कार्यालयको आयोजनामा आज चैत्र ५ गते व्यवसाय प्रवर्धनका लागि साकोसका अध्यक्ष र व्यवस्थापकहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेफ्स्कून नेपालगञ्ज सदस्य सेवा कार्यालय व्यवस्थापन उप समिति सदस्य कृष्णा पाठकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बाँके जिल्ला बचत संघका अध्यक्ष विष्णु खनालको पनि उपस्थिति रहेको थियो  । कार्यक्रममा जिल्लाका विभिन्न साकोसहरुबाट ३२ जनाको सहभागिता थियो ।

कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष अधिकारीले साकोसले आफ्ना वित्तीय गतिविधिहरुमा उच्च पारदर्शिता कायम गर्नुपर्ने विषय अवगत गराउनुभयो । उहाँले नेफ्स्कूनद्वारा सञ्चालित स्तरीकरण र स्थिरीकरण कोषमा सहभागी भएर साकोसको दिगो र प्रभावकारी सञ्चालनमा लाग्न साकोसका प्रतिनिधिहरुलाई अनुरोध गर्नुभएको थियो । नेफ्स्कून सदैव सदस्यहरुको संघ हो, प्रत्येक सदस्य संघका उत्पादन तथा सेवाहरुमा जोडिन र जोखिमको मापन गरेर अगाडि बढ्न उहाँले सुझाव प्रदान गर्नुभएको थियो । संघले आफू स्वयं स्वनियमनमा रहन एक्सेस कार्यक्रमको आवद्धतालाई अगाडि बढाएको जानकारी गराउनुभएको थियो । 

कार्यक्रमको विषयवस्तुमाथि प्रस्तुतीकरण संघको नेपालगञ्ज सदस्य सेवा कार्यालय प्रमुख छत्र प्रसाद धमालाले गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुको जिज्ञासाको सम्बोधन बरिष्ठ उपाध्यक्ष अधिकारीले गर्नुभएको थियो ।  

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप