साकोसहरुका लागि सम्पत्ति शुद्धीकरण निवारण तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसहरुका लागि सम्पत्ति शुद्धीकरण निवारण तालिम सञ्चालन

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजनामा आज, चैत्र ५ गते सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी एक दिवसीय तालिम सम्पन्न भएको  छ । सम्पत्ति शुद्धीकरण निवारणको विषयमा सहकारी संस्थाको भूमिका, सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०७३ मा भएका प्रावधानहरू, विद्यमान ऐन तथा कानुनी संरचना तथा शंकास्पद/सीमा कारोबारका विषयमा जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरेको नेफ्स्कूनले जनाएको छ । 

तालिममा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे अन्तर्गतका विभिन्न ३८ सहकारी संस्थाबाट ४५ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण सि ए राजकुमार फुँयाल र सहकारी विभागका शाखा अधिकृत तिलक राम पोखरेलले गर्नु भएको थियो । 

तालिम समापनका अवसरमा नेफ्स्कूनका सञ्चालक खेमराज सुवेदीले तालिमका सहभागीहरुलाई धन्यवाद दिँदै संघद्वारा सञ्चालित बहुउपयोगि तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागु गरेर सुशासित र सुरक्षित संस्था सञ्चालनमा जोड दिन आग्रह गर्नुभयो । विभागको निर्देशनलाई अक्षरशः पालना गर्दै सबै सहकारी संघ संस्थाहरुले नियामक निकायमा उपलब्ध गराउनु पर्ने प्रतिवेनदहरु समयमा बुझाउन पनि अनुरोध गर्नुभयो । संघले आफ्ना सदस्य संघ संस्थाहरुलाई सबलीकरण गर्न समय सापेक्षा तालिम आयोजना गर्ने गरेको छ, त्यसमा सहभागी भएर संस्थागत सम्पूर्ण गतिविधिहरुलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सुझाउनुभयो । 

तालिम समय सापेक्षा रहेको र तालिमले नयाँ कुराको सिकाई भएको भन्दै सहभागी प्रतिनिधिहरुले तालिम सहजिकरण विधि प्रभावकारी रहेको बताउनुभएको थियो । तालिम प्रवचन, केस स्टडी, प्रयोगात्मक प्रश्नोतरको माध्यममार्फत सञ्चालन गरिएको थियो । 

नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिनाले तालिमको औचित्य र उद्देश्यमाथि सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । 

कार्यक्रम सञ्चालन नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नु भएको थियो भयो समग्र व्यवस्थापन तालिम सहायक जया घिमिरे गर्नुभएको थियो । 
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप