झापामा अभियानकर्मीहरुमाझ सामाजिक सुरक्षा कोष र कर राजश्व सम्बन्धी कार्यक्रम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
झापामा अभियानकर्मीहरुमाझ सामाजिक सुरक्षा कोष र कर राजश्व सम्बन्धी कार्यक्रम सञ्चालन

झापा । झापा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा आज झापामा एक दिवसीय सामाजिक सुरक्षा कोषको कानुनी प्रावधान तथा प्रचलित कर राजश्व सम्बन्धी कार्यक्रम सञ्चालन भएको छ । झापा जिल्ला बचत संघका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का महासचिव घनश्याम अधिकारी प्रमुख व्यक्तिको रुपमा रहनुभएको थियो । कार्यक्रममा झापा जिल्लाका १५ वटै स्थानीय निकाय अन्तर्गत सञ्चालित विभिन्न ५९ बचत तथा ऋण सहकारी संघ संस्थाका अध्यक्ष र व्यवस्थापकहरु गरि १०१ जनाको सहभागिता रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीले सहकारीका समसामयिक वस्तुस्थितिबारे जानकारी गराउँदै सहकारी प्रतिस्थापन विधेयक मार्फत  साँघुरो घेरामा राखिएका विषयहरु संशोधन भएको जानकारी गराउनुभयो । सहकारी नियमन प्राधिकरण गठनको व्यवस्थादेखि कर्जा सूचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोषजस्ता राम्रा विषय अध्यादेशमा समावेश भएकोप्रति सकारात्मक धारणा प्रस्तुत गर्नुभएको थियो । 

त्यसैगरि महासचिव अधिकारीले सम्पूर्ण साकोसहरु सामाजिक सुरक्षा कोषमा आबद्ध रहि कार्यरत कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी गराउन अनुरोध गर्नुभएको थियो ।   

कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षा कोष, २०७४ र सामाजिक सुरक्षा नियमावली २०७६ मा भएको व्यवस्था र यसको आवश्यकता सम्बन्धमा सामाजिक सुरक्षा कोषका अधिकृत दिपक राज भट्टले सहजीकरण गर्नुभएको थियो । त्यसैगरि प्रचलित कर राजश्व सम्बन्धी सहजीकरण ट्याक्स अफिसका अधिकृत ज्ञानेन्द्र बहादुर राईले गर्नुभएको थियो ।  

कार्यक्रम सञ्चालन संघका सचिव याम कुमार चुडालले गर्नुभएको थियो भने व्यवस्थापन सहजीकरण संघकी व्यवस्थापक कोपिला बजगाईंले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप