'सुुशासित र दिगो साकोस निमार्णका लागि स्तरीकरणको विकल्प छैन' 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सुुशासित र दिगो साकोस निमार्णका लागि स्तरीकरणको विकल्प छैन' 

झापा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) झापा सदस्य सेवा कार्यालयको आयोजना र जिल्ला वचत तथा ऋण सहकारी संघ लि.झापाको व्यवस्थापनमा दमकमा आज एक दिवसीय दिगो साकोस सञ्चालनको मार्गचित्र सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा झापा र मोरङ जिल्लाका विभिन्न ३६ बचत तथा ऋण सहकारी संघ तथा संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरु गरि ७० जनाको उपस्थिति रहको थियो । त्यसैगरि कार्यक्रममा संघका महासचिव घनश्याम अधिकारी, कोषाध्यक्ष दिपक थापा, सञ्चालक लक्ष्मी सापकोटा, प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा, पूर्व सञ्चालक चन्द्राकुमारी खड्का, झापा जिल्ला बचत संघका अध्यक्ष तुलाराम न्यौपाने, मोरङ बचत संघका सचिव जीवन बस्नेतको आतिथ्यता रहेको थियो ।  

संघका बरिष्ठ उपाध्यक्ष अधिकारीले कार्यक्रम सम्बोधनका क्रममा साकोसको नेतृत्व तथा व्यवस्थापनले सुुशासन र दिगो साकोस निमार्णका लागि स्तरिकरण कार्यक्रम मार्फत स्थिरीकरणमा आवद्ध हुनुको विकल्प नरहेको भनाई राख्नुु भएको थियो । त्यस्तै अर्को प्रसंगमा अहिलेको चुनौतिपूर्ण समयका बावजुत संस्था संचालनमा सहकारी सिद्धान्तलाई परिपालना गदै जोखिम वाट जोगिन धैर्यता र साकोस अभियानमा ऐक्यवद्धता आवश्यक रहेको भनाई व्यक्त गर्नु भएको थियो । कार्यक्रम उद्घाटन सत्र सञ्चालन संघका महासचिव घनश्याम अधिकारीले गर्नुभएको थियो ।

संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले दिगो साकोस सञ्चालनको मार्ग चित्र तथा सहकारीको वर्तमान अवस्थाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । 


सहभागी अभियानकर्मीको तर्फबाट श्री अन्तु साकोस दमकका लेखा सुपरिवेक्षण समितिका संयोजक तुलसीराम घिमिरेले अनुशासनको पालना भित्र समयको पनि विशेष ख्याल रहेको र त्यस तर्फ पनि हाम्रो ध्यान जानु पर्ने धारणा राख्नु भएको थियो । जनकल्याण साकोस मधुमल्लाका प्रतिनिधि रुसतम थापाले कर्जा सूचना केन्द्र समयमा स्थापना नहुँदा कर्जा लगानीमा आवश्यक सूचना प्राप्त गर्न नसकिएकोले कर्जा लगानीमा जोखिमको सामना गर्नु परेको धारणा व्यक्त गर्नु भएको थियो । 

संघका कोषाध्यक्ष दिपक थापाले सहकारी अभियानमा सिकाई निरन्तर आवश्यक भएको र प्राप्त ज्ञान सीपलाई व्यवहारमा उतार्न अभियानकर्मीहरुलाई अनुरोध गर्नुभएको थियो । सहकारी सामुहिक कार्य हो, यसमा सिकेको सीप आपसमा बाड्ने र जिम्मेवारीबोध गर्नेहो भने कार्यान्वयन तहमा सहज हुने धारणा राख्नुभएको थियो । सञ्चालकहरु अभियानका स्वयंसेवी हुन्, उनीहरुले लाभका लागि नभएर सेवाको भावले काम गर्नुपर्ने उहाँको भनाई थियो । 

सञ्चालक लक्ष्मी सापकोटाले सहकारी अभियानलाई विश्वसनीय बनाउन साथै दिगो र सबल संस्था निर्माण गर्न सबैको साथ सहयोग र ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो । 

संघकी पूर्व सञ्चालक चन्द्रा कुमारी खड्काले अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउन नयाँ विषयवस्तु र ज्ञान आवश्यक हुनेहुँदा समय समयमा विभिन्न तालिम, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमहरु आवश्यक हुने धारणा राख्दै तालिम तथा कार्यक्रमले संस्था सञ्चालनमा पुर्नताजगी ल्याउने विचार व्यक्त गर्नुभयो । 

कार्यक्रमको कुशल सञ्चालन तथा व्यवस्थापनमा संघका कर्मचारीहरु प्रशासन अधिकृत सुभाष गौतम, सदस्य सेवा कार्यालयका इन्र्चाज रिसभ राज रेग्मी, विर्तामोड सेवा केन्द्र इन्र्चाज विनोद न्यौपाने, दमक सदस्य सेवा कार्यालयका व्यवसाय सहायक लक्ष्मण प्रसाद अधिकारी रहनुभएको थियो । 

 
 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप