आगामी बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकता दिइने : प्रदेश अर्थ मन्त्री यादव  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आगामी बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकता दिइने : प्रदेश अर्थ मन्त्री यादव  

बर्दिबास । मधेश प्रदेश सरकारका अर्थ मन्त्री सुनिल कुमार यादवले आर्थिक वर्ष २०८२ ०८३ को बजेटमा सहकारीलाई प्राथमिकता दिईने बताउनुभएको छ । नेफ्स्कूनको आयोजनामा गौतम होटल, बर्दिबासमा आज आयोजित मधेश प्रदेशस्तरीय साकोस गोष्ठीको उद्घाटन गर्दै अर्थ मन्त्री यादवले सहकारी क्षेत्रको विकास र प्रवर्द्धनका लागि मधेश प्रदेशले आगामी आ.व.को बजेट निर्माणका क्रममा सहकारी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने र अभियानसँग परामर्श लिने बचनबद्धता व्यक्त गर्नुभएको हो । 

सहकारी आर्थिक विकासको आधार हो, सहकारी विना समुदायको कल्पना पनि गर्न सकिर्दैन, उहाँले भन्नुभयो, “सहकारीलाई सफल बनाउन, दिगो बनाउन यसमा निगरानी र अनुगमन बलियो बनाउनु जरुरी छ । मन्त्री यादवले सहकारीलाई सुशासित र मर्यादित बनाउन सबैको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो । बचत तथा ऋण सहकारीले समाज र अर्थतन्त्रलाई बलियो बनाउने भूमिका खेलेको छ, यस क्षेत्रको विकास र विस्तारमा सबैले उक्तिकै महत्वका साथ योगदान गर्नुपर्ने उहाँको भनाई थियो । साथै उहाँले सहकारी बलियो हुन अनुसाशन र सुशासन आवश्यक छ, यदि सुशासनमा चल्न सकेन भने सहकारीले सम्मान पनि नपाउने उहाँले बताउनुभयो । लामो इतिहास बोकेको बचत तथा ऋण सहकारी अभियानले अर्थतन्त्रमा ठूलो योगदान गरेको उहाँको भनाई थियो । बचत तथा ऋण सहकारी आफ्नो उद्देश्यमा चल्नुपर्यो, यसको विकास र विस्तारका लागि के गर्न सकिन्छ, मधेश प्रदेशले नीति बनाउँदा अवश्य पनि सहकारी अभियानसँग बसेर छलफल र परामर्श गरेर मात्र अगाडि बढ्ने प्रतिबद्धता सहित कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । 

नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव उमेश दाहाल, संघकी उपाध्यक्ष शान्ति अधिकारी, लेखा सुपरिवेक्षण समितिका संयोजक इन्द्रराजज्योति पौडेल, सञ्चालक शालिकराम ढकाल, शोभा कुमारी राउत, प्रदेश रजिष्ट्रार डा.सरोज चौधरी, राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव एवं प्रवक्ता रविन ढकाल, बर्दिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणी अधिकारी, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव उमेश दाहालले सहकारीलाई उत्पादनशील क्षेत्रमा जोड्न अनुरोध गर्नुभयो । कृषि, नगदेबाली, उखु, दुग्धजन्य पदार्थ, बाख्रा पालन, माछापालनमा सहकारी जोडिएको र अत्यन्त राम्रो परिणाम प्राप्त भएको उहाँले बताउनुभयो । मधेश प्रदेशले सहकारीको लगानीलाई उत्पादनमुलक क्षेत्रमा जोडेर देशव्यापी र बाह्य मुलुकसम्म उत्पादन र उपभोगमा आत्मनिर्भर बनाउने गरि कामगर्न सक्ने बताउनुभयो । आज सहकारी अभियान निकै अगाडि बढेको छ । सबै प्रकृतिका सहकारीको उत्तिकै भूमिका र जिम्मेवारी छ, सबै सहकारीबीचको सहकार्यबाट मात्रै सहकारी अभियानले सार्थकता पाउने उहाँको भनाई थियो ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले बचत तथा ऋण सहकारी संघ संस्थाहरुलाई प्रवर्द्धन, विकास र सहजीकरणका लागि सहकारी नियमन प्राधिकरणले सहज बातावरण निर्माण गर्ने विश्वास अभियानले लिएको बताउनुभयो । बचत तथा ऋण सहकारी संस्थाको उत्थान र सहजीकरणकै लागि प्राधिकरणले काम गर्नेछ, यसै विषयलाई थप प्रष्ट पार्न प्राधिकरणका सचिवज्यूको पनि प्रस्तुतीकरण राखेर प्रदेशगत रुपमा प्रदेश सरकारको पनि ध्यानाकर्षण गराउने उद्देश्यसहित गोष्ठी आयोजना गरिएको उहाँले बताउनुभयो । बचत तथा ऋण सहकारी संस्थाहरूको लागि नेफ्स्कूनले अभिभावकीय भूमिका खेलिरहेको छ, विद्यमान नीतिगत समस्याहरूको समाधानका उपायहरुको खोजीमा पनि संघले निरन्तर सरोकारवालाहरुसँग छलफल गरिरहेको उहाँले जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रदेश वचत संघका अध्यक्ष, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्ला बचत संघका अध्यक्षहरु, सिन्धुली जिल्ला बचत संघका अध्यक्ष, निजगढ नगरापालिकाका योजना अधिकृत, चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख, कमलामाई नगरपालिकाका सहकारी शाखा प्रमुख, राजगढ नगरपालिकाका प्रतिनिधि, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको छ । गोष्ठीमा प्रदेशका विभिन्न बचत तथा ऋण सहकारी संघ संस्थाबाट गरि २ सय १० जनाको सहभागिता रहेको थियो । 

कार्यक्रमको सञ्चालन नेफ्स्कूनका सञ्चालक शालिकराम ढकालले गर्नुभएको थियो भने कार्यक्रमका स्वागत मन्तव्य नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले गर्नुभएको थियो ।

गोष्ठीको पहिलो सत्रमा, नेफ्स्कूनका सिईओ डा.शिवजी सापकोटाले ‘साकोस अभियानको  प्रवर्द्धन र हितका लागि आगामी कार्यदिशा’ विषय कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि टिप्पणी मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहालले गर्नुभएको थियो भने सत्रको अध्यक्षता नेफ्स्कूनका सञ्चालक शालिकराम ढकालले गर्नुभएको थियो ।

दोस्रो सत्रमा चार्टर्ड एकाउण्टेन्ट् (सिए) राजन अधिकारीले ‘सुशासन र आन्तरिक नियन्त्रण प्रणाली प्रवद्र्धनमा लेखा सुपरिवेक्षण समितिको भूमिका’का विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो, कार्यपत्रमाथि टिप्पणी बर्दिबास नगरपालिका, महोत्तरीका प्रमुख प्रशासकीय अधिकृत रामपणि अधिकारीले गर्नुभएको थियो भने सत्रको अध्यक्षता नेफ्स्कूनको लेखा सुपरिवेक्षण समितिका संयोजक इन्द्रराज ज्योति पौडेलले गर्नुभएको थियो । 

तेस्रो सत्रमा ‘बचत तथा ऋण सहकारीको संस्थागत विकासमा सरकार र अभियानको साझा सवाल’ विषयमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव एवं प्रवक्ता रविन ढकालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि टिप्पणी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रदेश रजिष्ट्रार डा. सरोज चौधरीको रहेको थियो भने सत्रको अध्यक्षता नेफ्स्कूनकी सञ्चालक सदस्य शोभा कुमारी राउतले गर्नुभएको थियो ।  

वित्तीय सुशासन, जोखिम व्यवस्थापन र संस्थागत दिगोपनका लागि संघद्वारा आयोजित प्रदेशस्तरीय गोष्ठीले सहकारीको पहिचान प्रवर्द्धन, नेतृत्वलाई उत्प्रेरणा र दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारीहरुमा जागरण ल्याउने काम गरेको छ ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

५ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप