मधेश प्रदेशस्तरीय साकोस गोष्ठी भव्य रुपमा सम्पन्न, पाँच बुँदे साझा प्रतिबद्धता पत्र कार्यान्वयनमा सहमती 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मधेश प्रदेशस्तरीय साकोस गोष्ठी भव्य रुपमा सम्पन्न, पाँच बुँदे साझा प्रतिबद्धता पत्र कार्यान्वयनमा सहमती 

बर्दिबास । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफस्कून) को आयोजनामा आज महोत्तरीको बर्दिबासमा मधेश प्रदेश स्तरीय साकोस गोष्ठी भव्य रुपमा सम्पन्न भएको छ । गोष्ठीले मधेश प्रदेश भित्रका २१५ जना सहकारी संघ/संस्थाहरुका सञ्चालक समिति एवम व्यवस्थापनको प्रतिनिधित्व सहित पाँच बुँदे साझा प्रतिबद्धता पत्र जारी गरि कार्यान्वयमा सहमती गरेको छ ।

बचत तथा ऋण सहकारी संस्थाहरुको उत्साहलाई उर्जावान बनाउने अभिप्राय राखी प्रदेश स्तरीय गोष्ठी आयोजना गरेको नेफ्स्कूनले प्रदेशभित्रका बचत तथा ऋण सहकारी संस्थाहरुबीच विद्यमान सहकारी कानूनी संरचनाको विषय, आन्तरिक नियन्त्रण प्रणाली र बचत तथा ऋण सहकारीको आगामी कार्यदिशाका बारेमा वृहत छलफल गरी सहकारी क्षेत्रका  साझा चुनौती र सम्भावनाका विषयमा गोष्ठी मार्फत मार्ग प्रशस्त गरेको हो ।  

साझा प्रतिबद्धता पत्र

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले मिति २०८२ वैशाख २८ गते संघमा आवद्ध हामी २१५ जना संघ/संस्थाहरुका सञ्चालक समिति एवम् व्यवस्थापनको प्रतिनिधित्वमा बर्दिवास महोत्तरी स्थीत गौतम होटलमा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को वृहत लक्ष्य अनुरुप आयोजित बचत तथा ऋण सहकारी संघ संस्थामा सुशासन प्रवर्द्धन, नियामकीय सन्दर्भ र अभियानको आगामी मार्गचित्रका विषयमा विषय विज्ञहरुद्धारा प्रस्तुत भएका कार्यपत्रहरु, विज्ञहरुबाट टिप्पणी र सहभागीहरु बीच साझा बुझाई निर्माण गरी गोष्ठीका हामी सहभागीहरु हाम्रो आफ्नो संघ/संस्थामा लागू गर्ने र अभियानमा एकाकार भई प्रस्तुत विषयहरुमा सहमत भई यो प्रतिवद्धता पत्र २०८२ लागू गर्न प्रतिवद्ध भएका छौं ।

१) हामी हाम्रो संघ/संस्थाले अभियान मार्फत मार्गदर्शन गरिएका चरणवद्ध रणनीतिहरुलाई प्राप्त उपलव्धिहरुका आधारमा आगामी दिनहरुमा पनि अनुशरण गर्दै अघिवढ्न प्रतिवद्ध छौं ।

२) हामी हाम्रो संघ/संस्थाहरु भित्र आन्तरिक नियन्त्रण प्रणालीलाई सशक्त बनाउन जोखिम सुपरिवेक्षण गराई लेखा सुपरिवेक्षण समितिको भूमिकालाई सुपरिवेक्षकको रुपमा,आन्तरिक नियन्त्रकको रुपमा,आन्तरिक लेखापरीक्षण गर्ने गराउने अङ्गको रुपमा एवम् संगठनको समग्र मार्गदर्शकको रुपमा खेलेको भूमिकालाई अझ प्रभावकारी बनाई संस्थागत सुशासन कायम राख्न प्रतिवद्ध छौ ।

३) हामी संघ/संस्थामा नेपालको बचत तथा ऋण सहकारीको प्रवर्द्धन विकास व्यावसायिकीकरण,गुणस्तर विकास र सञ्जाल व्यवस्थापनको हरेक चरणहरुमा सहभागिता जनाउने र सघ मार्फत स्थानीय तह देखि संघीय तह सम्म साकोस मैत्री कानून निर्माण तथा परिपालनाको पहलकदमीमा ऐक्यवद्ध छौं ।

४) हामी हाम्रो संघ/सस्थाहरुको वित्तीय, सदस्यता, आन्तरिक सञ्चालन र सिकाइ एवम् वृद्धिका विषयमा अभियानले विकास गरेको स्तरीकरणका कार्यक्रमहरु मार्फत साझा सञ्जालमा आवद्ध भई अद्यावधिक गराउन प्रतिवद्ध छौं ।

५) हामी साकोस अभियन्ताहरु सहकारी ऐन बमोजिम गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरण, सहकारी विभाग, तहगत सरोकारवालाहरु,अन्तर्गत रही सहकारी मुल्य, मान्यता र सहकारी सिद्धान्तहरु अंगिकार गर्दै समाज परिवर्तनमा भएका क्रियाकलापहरुको निरन्तरताका लागि संघ मार्फत आफ्नो भूमिका निर्वाह गर्न प्रतिवद्ध छौ ।

सदस्यहरु माझ एउटा दरिलो जनविश्वास र वित्तीय सुरक्षाको प्रत्याभूतिका लागि आर्थिक, सामाजिक र साँस्कृतिक उत्थानमा उल्लेखनीय योगदान पुर्याउने वचत तथा ऋण सहकारी संघ/संस्थाहरुको तर्फबाट हामी सम्पूर्ण सहभागीहरु माथि उल्लेखित बूँदाहरुलाई सामुहिक रुपमा लागू गर्न गराउन प्रतिबद्ध छौं ।

पाँच बुँदे साझा प्रतिबद्धता पत्र नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत नविनराज दाहालले बाचन गरेपछि गोष्ठीका प्रतिनिधिहरुले सहमति जनाउँदै सामूहिक रुपमा लागु गर्न गराउन प्रतिबद्ध रहेको अभिव्यक्ति प्रकट गर्नुभएको थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप