नेफ्स्कूनको आयोजनामा गोरखामा व्यवसाय प्रवर्द्धन अन्तरक्रिया सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको आयोजनामा गोरखामा व्यवसाय प्रवर्द्धन अन्तरक्रिया सम्पन्न

गोरखा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकराी संघ लि.(नेफ्स्कून) लमजुङ सदस्य सेवा कार्यालयको आयोजनामा गोरखामा व्यवसाय प्रवर्द्धन बैठक तथा अन्तरक्रिया सम्पन्न भएको छ । वैशाख २८, गते आइतबार गोरखा जिल्लामा आयोजित अन्तरक्रिया कार्यक्रममा विभिन्न १९ वटा बचत तथा ऋण सहकारी संस्थाबाट ३१ जनाको सहभागिता रहेको थियो । 
 
अन्तरक्रियाका क्रममा सहकारी देखिएका समसामयिक समस्याहरु, समस्याका कारण र समाधानका उपायहरुको बारेमा बिस्तृत छलफल भएको थियो । साथै नेफ्स्कूनले सञ्चालन गर्दै आएको अन्तरलगानी सेवा, स्तरीकरण कार्यक्रम साथै व्यवसाय विकास र लगानी प्रवर्द्धनको विषयमा सहभागीहरुले आफ्ना जिज्ञासाहरु राखेका थिए । 

कार्यक्रम समापनका अवसरमा लमजुङ सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिका सदस्य मेन बहादुर अधिकारीले सहकारी अध्यादेश र राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा मापदण्डका कारण बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुमा पर्ने असहजताको समाधान खोज्न केन्द्रीय संघ नेफ्स्कूनको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । उहाँले सहकारी संस्थाको कारोबारलाई खुम्चाउने नीतिगत प्रावधानहरु हटाउन नेफ्स्कूनले बिशेष पहल गर्नुपर्ने र त्यसमा सबैको साथ सहयोग रहने धारणा व्यक्त गर्नुभयो । 

सहकारी संस्थाहरूको सशक्तिकरण, लगानी प्रवर्द्धन मार्फत सदस्यहरुमा उद्यमशीलताको विकास साथै व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । अन्तरक्रियामा लघु तथा साना व्यवसाय प्रवद्र्धनका रणनीतिहरू, सहकारीहरूमा वित्तीय पहुँचको विस्तार, उद्यमशिलता विकास जस्ता विषयहरुमा अभिमुखिकरण गरिएको थियो ।

कार्यक्रमका अवसरमा उठेका सहभागीहरुको जिज्ञासाको सम्बोधन सहति अन्तरक्रियाको सहजिकरण नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोबिता मैनालीले गर्नु भएको थियो । कार्यक्रमको व्यवस्थापन लमजुङ सदस्य सेवा कार्यालय प्रमुख सन्देश घिमिरेले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप