मोरङ जिल्ला बचत संघद्वारा आयोजित अध्यक्ष सचिव गोष्ठी सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोरङ जिल्ला बचत संघद्वारा आयोजित अध्यक्ष सचिव गोष्ठी सम्पन्न

मोरङ । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङले साकोसका समसामयिक सवाल ः सरकार र अभियानको कार्यभार विषयक अध्यक्ष सचिव गोष्ठी सम्पन्न गरेको छ । मोरङको सुन्दरहैचास्थित नेपालीरिका होटलमा वैशाख २७ गते, शनिवार आयोजित २१औं सहकारीका अध्यक्ष सचिव गोष्ठी संघका अध्यक्ष प्रेमप्रकाश कोइरालाको अध्यक्षतामा सम्पन्न गरेको हो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेलको प्रमुख आतिथ्यता र नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको विशिष्ट आतिथ्यता रहको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका बरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेलले  सहकारी आर्थिक समृद्धिको जग हो र यसले नाफा वा आम्दानीको लक्ष्यभन्दा माथि उठेर आफ्ना सदस्यहरूको सेवामा ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिनुभयो । आज सहकारी निहित स्वार्थ समूहका कारण संकटमा परेको छ, उहाँले भन्नुभयो । बचत तथा ऋण सहकारी संस्थाहरू सहकारी आन्दोलनको अग्रपंक्तिमा रहेको बताउँदै, “फल दिने रूखलाई सबैले ढुङ्गा प्रहार गर्छ,” भने उक्ति मार्फत बचत तथा ऋण सहकारी संस्थाको मुख्य योगदान रहेको र आज बचत तथा ऋण सहकारी संस्थाले नै बढी आलोचना भोग्नुपरेको तर्फ उहाँले संकेत गर्नुभएको थियो । “केही सहकारीहरूले उचित नियम पालना नगरेको र आधुनिक प्रविधि अपनाउन नसकेको कारण समस्या भोगिरहेका छन्,“ उहाँले भन्नुभयो ।

पोखरेलले देशभरका ५० जिल्लामा सहकारीसँग सम्बन्धित कुनै पनि समस्या नभएको तर शहरी क्षेत्रमा आधारित सहकारीमा देखिने समस्याका कारण ग्रामीण क्षेत्रका सहकारीहरूको समेत आलोचना हुने गरेको बताउनुभयो ।

नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले एउटै सहकारी कानूनले सबै प्रकारका सहकारीहरूलाई नियन्त्रण गर्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तीन खम्बे अर्थतन्त्रको विचारले मात्र सहकारीलाई टिकाउन सकिँदैन” । बचत तथा ऋण सहकारी संस्थाको संस्थागत विकास र वित्तीय सुरक्षणका लागि बचत तथा ऋण सहकारी ऐन ल्याईनुपर्छ,  उहाँले भन्नुभयो ।  

उहाँले बचत तथा ऋण सहकारी संस्थाहरू कर तिर्न तयार रहेको र सरकारले राष्ट्रिय राजस्वमा उनीहरूको योगदानको हद स्पष्ट पार्नुपर्ने बताउनुभयो । बचत तथा ऋण सहकारी संस्थाहरूको लागि नेफ्स्कूनले अभिभावकीय भूमिका खेलिरहेको छ, संघले यस क्षेत्रमा रहेका समस्याहरूको समाधान खोज्न हाल सबै सरकारी निकायहरूसँग गम्भीर छलफल गरिरहेको, उहाँले बताउनुभयो ।
 
नेफ्स्कूनका तथा एसियाली ऋण महासंघ (अकू) का पूर्वअध्यक्ष साथै नेपाल सरकारले गठन गरेको सहकारी सुधार सुझाव कार्यदल २०८० का सहकारी विशेषज्ञ ऋषिराज घिमिरेले “साकोसका समसामयिक सवाल ः सरकार र अभियानको कार्यभार” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

पूर्व सांसद तथा नेफ्स्कूनका पूर्व महासचिव घनश्याम खतिवडाले सहकारी नै लोकतन्त्र अभ्यास गर्ने वास्तविक ठाउँ भएको बताउनुभयो । उहाँले देशभर ३४,००० सहकारी संस्थाहरू समस्यामा परेको भन्दै आत्तिनु पर्ने अवस्था नभएको बताउनुभयो । सहकारीहरूलाई नाफाभन्दा सदस्यतामा बढी ध्यान केन्द्रित गर्न आग्रह गर्दै अब सहकारी बिना समुदायको कल्पना गर्न नसकिने बताउनुभयो । 

कार्यक्रममा सुन्दरहैचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं, नेफ्स्कूनका सञ्चालक लक्ष्मी सापकोटा, पूर्व कोषाध्यक्ष केशव प्रसाद पोखरेल, पूर्व सञ्चालक ताराबहादुर काफ्ले, कोशी प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल, कोशी प्रदेश बचत संघका अध्यक्ष हरिप्रसाद सुवेदी, नेफ्स्कूनकी निवर्तमान सञ्चालक गोमा नेपाल, मोरङ जिल्ला बचत संघका सल्लाहकार विष्णुप्रसाद ओझा लगायत संघमा आबद्ध २६२ सहकारी संस्थाहरुमध्येबाट विभिन्न २०० सय भन्दा बढी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र सचिवहरु गरी करिब ३०० जनाको सहभागिता रहको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप