सहकारी मन्त्री अधिकारीद्वारा नयाँपाटी साकोस अवलोकन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी मन्त्री अधिकारीद्वारा नयाँपाटी साकोस अवलोकन

काठमाडौं । नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गोकर्णेश्वर नगरपालिका - २, नयाँपाटीमा रहेको नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लि. को शनिबार अवलोकन भ्रमण गर्नुभएको छ । साकोसको कार्यालयमा पुग्नुभएका मन्त्री अधिकारीलाई अध्यक्ष, प्रवन्धक र कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।

अवलोकनका क्रममा साकोसको सभाहलमा आयोजित संक्षिप्त अन्तरक्रियाका अवसरमा मन्त्री अधिकारीले सहकारीका समसामयिक विषयहरुमा जानकारी गराउनुभएको साकोसमा प्रबन्धक रमेश श्रेष्ठले साकोस आवाजलाई जानकारी गराउनुभयो । उहाँले सहकारीको वर्तमान परिवेशलाई सकारात्मक बनाउन सहकारी मार्फत नै राम्रा काम गरेर, सहकारीमा सुशासन कायम गरेर र त्यसको सकारात्मक र प्रभावकारी प्रचारप्रसार बाटै प्रवाहित गलत गतिविधिलाई न्यूनीकरण गर्न सकिने बताउनुभएको प्रवन्धक श्रेष्ठले जानकारी गराउनुभयो । 

सो अवसरमा नेफ्स्कूनका सञ्चालक सुशिल कुमार बस्न्यात, सिता ढकाल, बागमती प्रदेश बचत संघ (प्रोस्कुन) का सचिव ठाकुर बासकोटा, सञ्चालक होम बहादुर कार्की, लेखा सुपरिवेक्षण समितिका संयोजक विकल्प पाठक, काठमाडौं जिल्ला सहकारी संघका महासचिव बाल कुमार बास्तोला, सुमन के.सी., मन्त्रीका स्वकीय सचिव भेषराज पाण्डे, गोकर्णेश्वर/कागेश्वरी नगरपालिकाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो भने साकोसको तर्फबाट अध्यक्ष गौतम खनाल, लेखा सुपरिवेक्षण समितिका संयोजक बालकृष्ण श्रेष्ठ, उपलब्ध सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरुको उपस्थिति थियो ।

साकोसले सदस्य र समुदायको हितमा निरन्तर काम गर्दै आईरहेको र हालसम्म सदस्य सन्तुष्टीलाई साकोसले पहिलो प्राथमिकता दिएका कारण सहकारी सञ्चालनमा कुनै समस्या नपरेको, सदस्यको विश्वासमा कमी नआएको साकोसका अध्यक्ष खनालले मन्त्री अधिकारी समक्ष अवगत गराउनुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

पाठकबाट थप