सहकारी ऐन, २०७४ बमोजिम कर लागु गर्न अध्यक्ष मल्लद्वारा अर्थमन्त्री पौडेल समक्ष सुझाव पेश
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी ऐन, २०७४ बमोजिम कर लागु गर्न अध्यक्ष मल्लद्वारा अर्थमन्त्री पौडेल समक्ष सुझाव पेश

ललितपुर । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले शुक्रबार अर्थमन्त्री एवं उपप्रधानमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडासँग भेट गरी आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सहकारी क्षेत्रको सशक्तीकरणका लागि समावेश गर्नुपर्ने नीतिगत विषयहरूबारे महत्वपूर्ण सुझाव पेश गर्नुभएको छ ।

भेटवार्ताका क्रममा अध्यक्ष मल्लले सहकारी संस्थाको आयकरको दरलाई सहकारी ऐन, २०७४ मा समावेश भए अनुसार परिभाषित गर्न आग्रह गर्नुभयो । उहाँले महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संस्थाहरूका लागि अधिकतम १० प्रतिशत, उपमहानगरपालिकाका लागि ७ प्रतिशत र नगरपालिकाभित्रका सहकारी संस्थाका लागि ५ प्रतिशत आयकर दर कायम गर्न सुझाव दिनुभएको छ ।  

“सहकारी संस्था लाभ वितरणमुखी नभई सेवा र सामूहिक उत्थानको अभिप्रायले सञ्चालन हुने संस्था भएकाले यसको प्रकृतिअनुसार नै कर नीतिहरू निर्माण हुनु अत्यावश्यक छ,’ अध्यक्ष मल्लले भन्नुभयो । उहाँको धारणा थियो कि सहकारीको कर भार न्यून बनाएर यसलाई वित्तीय पहुँचको प्रमुख माध्यमका रूपमा स्थापित गर्न सकिन्छ ।

अर्थमन्त्री पौडेल र सल्लाहकार डा. खतिवडाले अध्यक्ष मल्लको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै सहकारी क्षेत्रले मुलुकको आर्थिक विकासमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँहरूले आगामी बजेट तथा आर्थिक विधेयकमा सहकारी अनुकूल कर नीतिहरू समावेश गर्ने आश्वासन दिनुभएको थियो ।

राष्ट्रिय सहकारी महासंघले विगतदेखि सहकारीमा लाग्ने करको विषयमा सहकारी ऐन, २०७४ मा उल्लेख भए अनुसार कायम गर्न आवाज उठाउँदै आएको छ ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप