कर्मचारीको सामुहिक कार्यसक्षमताले नै साकोस अभियानलाई विश्वसनीय र जीवन्त बनाउँछ : अध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कर्मचारीको सामुहिक कार्यसक्षमताले नै साकोस अभियानलाई विश्वसनीय र जीवन्त बनाउँछ : अध्यक्ष ढकाल

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले साकोस अभियानप्रतिको विश्वसनीय आधार नै कर्मचारीहरुको सामुहिक कार्यसक्षमता रहेको बताउनुभएको छ । 

संघद्वारा आयोजित साकोस अभियानको रणनीतिक उचाई प्राप्तिका लागि कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम कार्यक्रम समापनका अवसरमा बोल्दै अध्यक्ष ढकालले कर्मचारीहरुको सामूहिक कार्य नै सफलताको आधार भएकोले कर्मचारी सक्षमता अभिवृद्धिलाई संघले पहिलो प्राथमिकतामा राखेर अगाडि बढेको स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, “सामुहिक जिम्मेवारी वहन गर्दा अपेक्षित उपलब्धि प्राप्त हुन्छ, संघले साकोस अभियानको रुपान्तरणमार्फत दिगो संस्थागत विकासको आधारलाई उजागर गरेको छ, त्यसलाई गति प्रदान गर्ने र अभियानप्रति सदस्यहरुको विश्वास जीवन्त राख्ने जिम्मेवारी कर्मचारीको काँधमा छ ।”   

संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले नेफ्स्कूनका कर्मचारी 'क्रेडिट युनियन मुभमेन्ट' को 'आर्किटेक्चर' रहेको बताउँदै 'साकोस मुभमेन्ट' लाई कस्तो डिजाईन दिनुपर्छ भन्नेमा अब 'वे अफ थिंकिङ' चेन्ज गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । 

संघका सञ्चालक एवं तालिम तथा शिक्षा उपसमिति सदस्य नवराज अर्यालले बचत तथा ऋण सहकारी अभियानको सुरक्षा र अभियानप्रति सदस्यहरुको विश्वसनियता जोगाईराख्न कर्मचारीहरुको जिम्मेवारीवोध सबैभन्दा गहन पक्ष रहेको बताउनुभयो । व्यवस्थापन टिमको प्रभावकारी सञ्चारमार्फत मात्रै अभियानप्रति सदस्यहरुमा बढ्दो अविश्वास न्यूनिकरण गर्न सकिने र संस्थागत सुरक्षा कायम रहने दाबी गर्नुभयो । 

संघले आबद्ध सदस्य संघ संस्थाहरुको वित्तीय सुरक्षा साथै दिगोपनाका लागि सदस्य सेवा अन्तर्गत सम्बन्धित कर्मचारीको क्षमता अभिवृद्धिको उद्देश्यसहित दुई दिवसीय तालिम सञ्चालन गरेको हो । 

तालिममा सहकारीमा सुरक्षित ऋण लगानीका कानुनी र नीतिगत प्रावधान, ऋण असुली न्यायाधिकरण सम्बन्धी कानुनी प्रावधान, कार्यप्रणाली र सेवाहरु, साकोसमा वित्तीय अनुगमन रणनीति, पर्ल्स वा अन्य प्रयोग सम्बन्धी वित्तीय कार्यसम्पादन मूल्यांकन तथा उपयुक्त उपकरणहरु, जोखिममा आधारित आन्तरिक लेखापरीक्षण र कार्यात्मक जोखिम मुल्यांकन सम्बन्धी विषयहरुमा विभिन्न विषय विज्ञहरुले सहजीकरण गर्नुभएको थियो ।  

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप