संघले शुरु गरेको व्यवसाय विकास सेवामार्फत उद्यमी देखि उद्योगी सम्मको यात्रामा प्रभात दिदीवहिनी साकोस, चितवनको साझेदारी एक्यवद्धता...
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
संघले शुरु गरेको व्यवसाय विकास सेवामार्फत उद्यमी देखि उद्योगी सम्मको यात्रामा प्रभात दिदीवहिनी साकोस, चितवनको साझेदारी एक्यवद्धता...

चितवन । अन्तर्राष्ट्रिय सहकारी दिवस नजिकिदै गर्दा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र  प्रभात दिदीवहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चितवन विच व्यवसाय विकास सेवा कार्यक्रम कार्यान्वयनका लागि असोज २९ गते दुबै पक्ष विच सम्झौता भएको छ ।

 प्रभात दिदीवहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वित्तीय र व्यवसायिक संस्थागत क्षमता अभिवृद्धि गरी सहकारीले आफ्ना महिला सदस्यहरुमा लगानि गर्ने ऋणीहरुलाई उत्पादनसँग जोड्दै तिनै सदस्यहरुले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वजारका ग्राहकहरुसँग सिधा सम्पर्क गराई सहकारी उद्यमीहरुलाई उद्योगी बनाउनका लागि यो कार्यक्रमको शुरुवात गरिएको संस्थाका अध्यक्ष साधना श्रेष्ठले दर्शाउनु भयो । साकोसले महिला उद्यमी वनाउने अभ्यासमा विभिन्न निकायहरुसँग सहकार्य गरी उद्यम र व्यवसायमा प्रबर्धनात्मक कार्य गर्दै आएको छ ।

वित्तीय सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई आज उद्यमी वनाउने र पाँचवर्ष भित्रमा उद्योगीसम्मको रुपान्तरणीय अभ्यास मार्फत सफल महिला उद्योगी निर्माण गर्न सहकारी भित्रै दिगो र संस्थागत व्यवसाय विकास कार्यक्रम विडीएस डेक्स प्रणाली स्थापना गरेको छ । साथै सम्भाव्य उद्यमीहरुको सिप, सोच, श्रम, पुँजि, वजार व्यवस्थापन, उत्पादन सेवा, सञ्जाल विस्तार, प्रबिधि र प्राबिधिक सहजीकरण गर्ने उद्धेश्य रहेको यो कार्यक्रमको सम्झौतामा नेफ्स्कूनको तर्फबाट बरिष्ठ अधिकृत नबिन राज दाहाल, चितवन सदस्य सेवा कार्यालयका इन्चार्ज यमकला सुवेदी, र प्रभात दिदीवहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट अध्यक्ष साधना श्रेष्ठ र कामु व्यवस्थापक रविना श्रेष्ठले हस्ताक्षर गर्नु भएको थियो । 

यस कार्यक्रमले वित्तीय सहकारी संस्थाहरूमा भाखा नाघेको ऋणको अभ्यास प्रमुख चुनौतीलाई समाधानका लागि व्यवसाय विकास सेवा कार्यक्रमले विशेष रूपमा सदस्यका लगानीलाई उत्पादन, वजार र मुल्य श्रृँखलासँग जोड्दै समयमानै भुक्तानी सुनिश्चित गर्ने काम गर्नेछ । यस कार्यक्रमले देहाय उद्देश्यहरूमा कार्यक्रम केन्द्रित गर्नेछ ।
१. वित्तीय सहकारी संस्थाले पाँच वर्षभित्र आफ्ना सदस्यहरूलाई “उद्यमीदेखि उद्योगीसम्म” को रूपान्तरणीय अभ्यासमार्फत सफल उद्यमी निर्माण गर्न प्राविधिक सहयोग गर्ने, गराउने ।
२. सहकारी भित्रै दीगो र संस्थागत व्यवसाय विकास सेवा डेक्स प्रणाली निर्माण गर्ने ।
३. सम्भाव्य उद्यमीको सीप, सोच, श्रम, पूँजि, बजार, व्यवस्थापन र उत्पादन÷सेवा सञ्जाल विस्तारमा प्राविधिक सहजीकरण गर्ने, गराउने ।

यस कार्यक्रमसँग सम्बन्धी देहायका तालिमहरू संघको आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम भित्र रही उद्यमीको आवश्यकतालाई ध्यानमा राखी सञ्चालन गरिनेछ । संघको नियमानुसार यस्ता प्राविधिक सहयोगले उद्यमीलाई थप हौसला र उत्प्रेरणा मिल्नेछ ।
१. व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालनसम्बन्धी तालिम (दुई दिन)
२. व्यवसाय विकास सेवा डेक्स सञ्चालनसम्बन्धी तालिम (दुई दिन)
३. व्यवसाय विकास सेवा परामर्श:कर्मचारीलाई क्षमता विकास तालिम (तीन दिन)
४. उद्यमी क्षमता अभिबृद्धि तालिम (पाँच दिन)
५.उद्यम वजार श्रृङ्खला व्यवस्थापन तालिम (तीन दिन)
६. उत्पादन विक्रयका लागि तयारी व्यवस्थापन तालिम (तीन दिन)

यस कार्यक्रममा साकोसबाट सञ्चालक समितिका शिवदेवी पाण्डे, विन्दु घिमिरे र सीता पराजुली लगायत नेफ्स्कून सदस्य सेवा कार्यालय चितवनबाट सन्तोष अधिकारीको समेत उपस्थिति रहेको थियो  ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२३ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप