जनज्योति साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न....
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनज्योति साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न....

तनहुँ  ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले जनज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुतलिवजार तनहुँको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम स्क्यान अन्तर्गत स्थलगत सुपरिवेक्षण  कार्तिक २ गते सम्पन्न गरेको छ ।

बि स २०६४  सालमा विधिवत रुपमा दर्ता भई सञ्चालन भएको यस जनज्योति साकोसको विनियम, आन्तरिक कार्यविधि,कर्जा, बचत, ब्याजदर, वार्षिक योजना, सम्पत्ति शुद्धिकरण निवारण नीति पालना ,साधारण सभाको निर्णयको कार्यान्बयन, नियामक निकायको निर्देशन कार्यान्वयन, भाखा नाघेका ऋण असुली, पूँजी प्रयाप्तता अनुपात लगायत समग्र आर्थिक अवस्था र सहकारीले प्रदान गरिरहेको सेवा–सुविधाको मूल्यांकन गरिएको थियो ।

सहकारी संस्थाहरूको पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन र दिगोपनामा अभिवृद्धि गर्नका लागि नेफ्स्कूनले देशभरका सहकारी संस्थाहरूमा प्रभावकारी रूपमा स्थलगत अनुगमन कार्यक्रम अगाडि बढाइरहेको छ । स्क्यान कार्यक्रम अन्तर्गत प्रोबेशन कार्यक्रममा आबद्ध यस साकोसमा कानुनी, वित्तीय, ऋण, तरलता तथा सञ्चालन र सुशासन सम्बन्धी जोखिमहरूमा केन्द्रित रही जोखिम न्यूनीकरणका लागि विभिन्न सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो । संस्थाका संचालक समितिले स्थलगतका क्रममा  प्राप्त सुझावबाट संस्थाको नीति निर्माण, सुशासन व्यवस्थापनमा सहयोग मिलेको तथा अझै निरन्तर स्थलगत र गैर स्थलगत सुपरिवेक्षण गरी मार्गदर्शनको अपेक्षा रहेको र सो कार्यान्वयनमा जनज्योति साकोस प्रतिवद्ध रहेको बताउनु भएको थियो  । 

नेफ्स्कून कार्यक्रम अधिकृत बिनोद ढकालले स्थलगत सुपरिवेक्षण गर्नुभएको थियो । जनज्योति साकोसका संचालक समिति, लेखा समिति  र व्यवस्थापनका अन्य कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । सुपरिवेक्षण पश्चात यस कार्यक्रमले सहकारीलाई दिगो रुपमा संचालन गर्न, नियमहरुको परिपालना गर्न र सहकारी संस्थाको कार्यप्रणाली सुदृढ बनाउन महत्वपुर्ण भुमिका खेलेकाले समितिले धारणा राख्नुभएको थियो । स्कयान कार्यक्रम मार्फत आवश्यक सुधारका विषयमा सुझावहरू प्रस्तुत गरिए र ती सुझावहरू कार्यान्वयन गर्ने सहमति सहित निर्णय भएको छ । 
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप