जनज्योति साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न....
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनज्योति साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न....

तनहुँ  ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले जनज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुतलिवजार तनहुँको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम स्क्यान अन्तर्गत स्थलगत सुपरिवेक्षण  कार्तिक २ गते सम्पन्न गरेको छ ।

बि स २०६४  सालमा विधिवत रुपमा दर्ता भई सञ्चालन भएको यस जनज्योति साकोसको विनियम, आन्तरिक कार्यविधि,कर्जा, बचत, ब्याजदर, वार्षिक योजना, सम्पत्ति शुद्धिकरण निवारण नीति पालना ,साधारण सभाको निर्णयको कार्यान्बयन, नियामक निकायको निर्देशन कार्यान्वयन, भाखा नाघेका ऋण असुली, पूँजी प्रयाप्तता अनुपात लगायत समग्र आर्थिक अवस्था र सहकारीले प्रदान गरिरहेको सेवा–सुविधाको मूल्यांकन गरिएको थियो ।

सहकारी संस्थाहरूको पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन र दिगोपनामा अभिवृद्धि गर्नका लागि नेफ्स्कूनले देशभरका सहकारी संस्थाहरूमा प्रभावकारी रूपमा स्थलगत अनुगमन कार्यक्रम अगाडि बढाइरहेको छ । स्क्यान कार्यक्रम अन्तर्गत प्रोबेशन कार्यक्रममा आबद्ध यस साकोसमा कानुनी, वित्तीय, ऋण, तरलता तथा सञ्चालन र सुशासन सम्बन्धी जोखिमहरूमा केन्द्रित रही जोखिम न्यूनीकरणका लागि विभिन्न सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो । संस्थाका संचालक समितिले स्थलगतका क्रममा  प्राप्त सुझावबाट संस्थाको नीति निर्माण, सुशासन व्यवस्थापनमा सहयोग मिलेको तथा अझै निरन्तर स्थलगत र गैर स्थलगत सुपरिवेक्षण गरी मार्गदर्शनको अपेक्षा रहेको र सो कार्यान्वयनमा जनज्योति साकोस प्रतिवद्ध रहेको बताउनु भएको थियो  । 

नेफ्स्कून कार्यक्रम अधिकृत बिनोद ढकालले स्थलगत सुपरिवेक्षण गर्नुभएको थियो । जनज्योति साकोसका संचालक समिति, लेखा समिति  र व्यवस्थापनका अन्य कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । सुपरिवेक्षण पश्चात यस कार्यक्रमले सहकारीलाई दिगो रुपमा संचालन गर्न, नियमहरुको परिपालना गर्न र सहकारी संस्थाको कार्यप्रणाली सुदृढ बनाउन महत्वपुर्ण भुमिका खेलेकाले समितिले धारणा राख्नुभएको थियो । स्कयान कार्यक्रम मार्फत आवश्यक सुधारका विषयमा सुझावहरू प्रस्तुत गरिए र ती सुझावहरू कार्यान्वयन गर्ने सहमति सहित निर्णय भएको छ । 
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप