महिला मिलन साकोसका उद्यमीहरुले लिए लघु व्यवसाय खेल तालिम   
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिला मिलन साकोसका उद्यमीहरुले लिए लघु व्यवसाय खेल तालिम   

मकवानपुर । हेटौंंडा–१३, पदमपोखरीस्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र DSIK को प्राविधिक सहयोगमा साना व्यवसायी तथा उद्यमीहरुका लागि लघु व्यवसाय खेल (Micro Business Game) तालिम मंसिर ५ गते सम्पन्न भएको छ । 

मंसिर ३ देखि ५ गतेसम्म सञ्चालित त्रिदिवसीय तालिमको औपचारिक शुभारम्भ साकोसकी  अध्यक्ष मिना थापाको अध्यक्षतामा भएको थियो । उहाँले सानो ठूलो उद्यम व्यवसायमा सम्लग्न उद्यमी दिदीवहिनीहरुलाई व्यवहारिक उद्यम सीप प्रदान गर्न लघु व्यवसाय खेल तालिम फलदायी हुने विचार व्यक्त गर्नुभयो । 

महिला उद्यमशीलता विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस तालिमले सहभागीहरूलाई व्यवसायिक निर्णय क्षमता, उद्यम सञ्चालनका रणनीति र वित्तीय व्यवस्थापनमा व्यवहारिक अनुभव प्रदान गर्ने उद्देश्य लिएको छ । तालिममा सहभागीहरूले लघु उद्यम व्यवसाय विकास खेल तालिम नामक अभ्यास मार्फत सानो व्यवसाय सञ्चालनका वित्तीय निर्णयहरू, लगानी व्यवस्थापन, नाफा–नोक्सान विश्लेषण, बजार रणनीति, ग्राहक व्यवहार, प्रतिस्पर्धा व्यवस्थापन लगायतका विषयहरूमा समूहगत अभ्यास गर्दै व्यावहारिक सीप विकास गराइएको थियो । तालिम पश्चात सहभागीहरुले खेलको माध्यमबाट व्यावसायिक सुधारको पक्षमा सही निर्णय लिन सकिने गरि प्रयोगात्मक सिकाई सिक्न पाएकोप्रति खुसी व्यक्त गरेका थिए ।  मंसिर ३ देखि ५ गते सम्म सञ्चालन भएको तालिममा २१ जना उद्यमीहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण संघकी कार्यक्रम अधिकृत रिता सुवेदीले गर्नुभएको थियो । 

तालिम अवधिमा थप समय व्यवस्थापन गर्दै साकोस र नेफ्स्कूनबीचको व्यवसाय विकास सेवा कार्यक्रम (BDS) सम्झौता अनुरुप उद्यमी बन्न चाहनेहरुका लागि सम्भाव्य उद्यम छनौट तथा पहिचान कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।  नेफ्स्कूद्वारा प्रवद्धित व्यवसाय विकास सेवा कार्यक्रम मार्फत सदस्यहरुमा उद्यमशिलता विकास गराई उद्यमीदेखि उद्योगपतिसम्मको लक्ष्य तय गर्न आवश्यक महत्वपूर्ण आधारहरुबारे विस्तृत छलफल गरिएको थियो । यसमार्फत सहकारीले सदस्यहरुमा सुरक्षित लगानी गर्दै वित्तीय र संस्थागत क्षमता अभिबृद्धि साथै उद्यम र व्यवसाय विकास गर्न सकिने प्रवर्धनात्मक कार्यहरुबारे जानकारी गराइएको थियो । व्यवसाय विकास सेवा कार्यक्रम अन्तर्गत सम्भाव्य उद्यम पहिचान सम्बन्धमा संघका अधिकृत राधा पौडेलले सहजीकरण गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप