रौतहटमा स्क्यान अभिमुखिकरण कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रौतहटमा स्क्यान अभिमुखिकरण कार्यक्रम सम्पन्न

रौतहट । नेफ्स्कूनले आफ्ना सदस्यहरुको नियमित जोखिम विश्लेषण गरी जोखिम न्यूनिकरण गर्ने उद्देश्यले विकास गरी अनिवार्य सहभागिता सहित कार्यान्वयनमा ल्याएको नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) सम्बन्धि अभिमुखिकरण जिल्ला बचत संघ लि. रौतहटको समन्वय एवम् व्यवस्थापनमा मंसिर १२ गते रौतहटको चन्द्रपुरमा सम्पन्न भएको छ  ।

अभिमुखिकरण कार्यक्रमको अध्यक्षता जिल्ला बचत संघ रौतहटका अध्यक्ष विभुकुमार पोखरेलले गर्नु भएको थियो । नेफ्स्कून संचालक एवम् व्यवस्थापन उपसमिति संयोजक शोभा कुमारी राउतको विशेष उपस्थितिको कार्यक्रममा उपस्थित महानुभावहरुलाई संघका उपाध्यक्ष राम विश्वास पासवानले स्वागत गर्नु भएको थियो । संघका महासचिव देव बहादुर सापकोटाले संचालन गर्नु भएको कार्यक्रमा संघका पदाधिकारी एवम् संचालक, नेफ्स्कून सर्लाही सदस्य सेवा कार्यालयका ईञ्चार्ज संजय कुमार कर्ण र विभिन्न साकोसका प्रतिनिधिहरु गरी २९ जनाको सहभागिता रहेको थियो । स्क्यान अभिमुखिकरण कार्यक्रमलाई नेफ्स्कून कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले सहजिकरण गर्नु भएको थियो । स्क्यान कार्यक्रमको आवश्यकता, विकास, कार्यान्वयन प्रकृया साथै प्रभावकारी कार्यान्वयनका सन्दर्भमा अन्तरक्रियात्मक छलफल समेत भएको थियो । सो अवसरमा स्क्यान कार्यक्रम कार्यान्वयनमा सबैले सहयोग गर्ने प्रतिवद्धता सहित महत्वपूर्ण सल्लाह, सुझाव राख्नु भएको थियो ।

नेफ्स्कून संचालक एवम् व्यवस्थापन उपसमिति संयोजक शोभा कुमारी राउतले परिवर्तित कानूनी बाध्यता र आउन सक्ने जोखिम समेतलाई मध्यनजर गरी साकोस अभियानलाई सुरक्षित र दिगो संचालनको लागि स्क्यन कार्यक्रमको आवश्यता महसुस गरी विकास गरिएकोले साकोस प्रतिनिधिहरुको सकारात्मक सल्लाह, सुझावलाई समेत समेटेर समयानुकुल परिमार्जन गर्दै सहभागिता मूलकरुपमा कार्यान्वयन गर्ने तयारी रहेको जानकारी गराउनु भयो । यो अभियानमा सबैलाई समेटेर साकोस अभियान सुरक्षित भएको समेत प्रमाणीत गर्नु पर्ने देखिएकोले कार्यान्वयनमा सबैले सहयोग गर्नु हुनेमा नेफ्स्कून विश्वस्त रहेको बताउनु भयो ।

जिल्ला बचत संघ रौतहटका अध्यक्ष विभुकुमार पोखरेलले साकोसहरुले जोखिम विश्लेषण र गुणस्तर वृद्धिका लागि गुणस्तर सुनिश्चितताका कार्यक्रमहरु मध्ये कुनै एक कार्यक्रममा बसेर अभ्यास गरेमा मात्र सुरक्षित र दिगो साकोस आउने पुस्तालाई हस्तान्तरण गर्न सकिने भएकोले नेफ्स्कूने पनि हालसम्मको सहभागिता र कार्यान्वयनको प्रभावकारीता समिक्षा गरी सबै साकोसहरुको सहभागिता हुने बातावरण निर्माण गर्नु पर्ने विचार राख्नु भयो । कार्यक्रम समापन मन्तव्यको क्रममा जिल्ला बचत संघ रौतहट जिल्ला भरका साकोसहरुलाई सुरक्षित र दिगो बनाउने अभियानमा सबै प्रकारका सहयोग र समन्वय गर्न तयार रहेको प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

कार्यक्रमको व्यवस्थापनमा जिल्ला बचत संघ रौतहटका व्यवस्थापक नेवा लाल राम र नेफ्स्कूनका सहजकर्ता रम्भु पंडितले सहयोग गर्नु भएको थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

७ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

८ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप