नेफ्स्कून र अफलातुन अन्तर्राष्ट्रिय संस्थाको साझेदारीमा विद्यालयहरुमा बालबालिकामा पढदै कमाउँदै व्यवहारिक शिक्षा प्रदान 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र अफलातुन अन्तर्राष्ट्रिय संस्थाको साझेदारीमा विद्यालयहरुमा बालबालिकामा पढदै कमाउँदै व्यवहारिक शिक्षा प्रदान 

काठमाडौँ । अफलातुन अन्तर्राष्ट्रिय र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को संयुक्त साझेदारीमा बालबालिका उद्यमशील, सामाजिक तथा वित्तीय शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।  

शिक्षाले सदैव समाजमा आर्थिक र सामाजिक विषयमा सुधार गर्दै बालबालिका र युवाको क्षितिजलाई फराकिलो बनाउँन सहयोग गर्छ । यस सन्दर्भमा नेफ्स्कूनले बालबालिकामा जीवनोपयोगी सिप, अधिकार, लैङ्गिकता, उद्यम र वचत तथा भविष्यको योजनाजस्ता विषयहरु समेटिएको अफ्लाटुनसँगको प्राविधिक सहयोगमा कार्यक्रम कार्यान्वयन गरिरहेको छ । यो कार्यक्रमले विद्यालय शिक्षाको सान्दर्भिकता बढाउने मात्र नभई शिक्षाले समाज रुपान्तरणमा निर्वाह गर्ने भूमिकालाई प्रष्ट बनाउनेछ । यस शिक्षा मार्फत पढदै कमाउँदै भन्ने अभ्यासलाई उजागर गर्छ । सानो उमेर देखि स्वाबलम्बी र आत्मानिर्भर हुनुपर्छ भन्ने सिकाई र खेलमार्फत दिने शिक्षा हो । 

यसैक्रममा संघले यस आर्थिक वर्ष २०८२।०८३ देखि पढदै कमाउँदै भन्ने शिक्षा बालबालिकाहरुमा अन्र्तनिहित महसुशीकरण गराउँने अभिप्राय राखी कार्य थालनी गरेको छ । यस आर्थिक वर्षमा १०० वटा विद्यालयहरुमा यस कार्यक्रमलाई पुर्याउने लक्ष्य लिएको संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले व्यक्त गर्नु भएको छ । यस गणेश माध्यामिक विद्यालय, नगदेश, भक्तपुरका नौ कक्षामा अध्ययनरत बालबालिकाहरुमा यस शिक्षा प्रदान गरियो । यस कार्यक्रममा साना बालबालिकाहरुलाई साना उद्यम शुरु गर्न सानो रकम आवश्यक परेमा भक्तपुरमा रहेको र यस विद्यालयको अविभावकको रुपमा रहेको सहयोगी बचत तथा सेवा सहकारी संस्था लिमिटेड, भक्तपुरले पूँजि प्रवाह गर्ने छ । सानो उमेरमा नै जीवनमा उद्यमी वन्नु पर्छ अहिले देखि वचत गर्नुपर्छ त्यो हाम्रो भविष्य हो भन्ने महसुश गराउछ । यसको ६ भाग र ४२ सेसनहरु छन् । यसमा खण्ड १ः म र मेरो विचार, खण्ड २ः मेरो अधिकार :मेरो विचार, खण्ड ३ः मेरो लक्ष्य : मेरो छनौट, खण्ड ४ : मेरो पैसा मेरो योजना, खण्ड ५ : मेरो उद्यम र खण्ड ६ : प्रतिविम्बन र आगामी चरणहरु छन् । 

यस बालबालिकालाई औद्योगिक शिक्षा, खाद्य विज्ञान, कार्यलय सञ्चालन, चित्रकला, गार्हस्थ्य विज्ञान, काष्ठकला, गृह विज्ञान आदिबाट वन्ने उद्यमहरुको विषयमा उदाहरण दिई अभ्यास गर्न लगाइनेछ । जसले भावि दिनमा उद्यमको विषयमा जानकारी हुनेछ । वचतको भावना, गर्ने विधि, सोचाई, र अभ्यास गराइनेछ ।

यस कार्यक्रममा संघबाट प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, विद्यालयका प्रमुख केशव चरण श्रेष्ठ, शिक्षक सुरज थापा र ऋषभ नेपालको सहभागिता भयो । यस कार्यक्रमलाई सहजीकरण गर्नुहुने संघको कार्यक्रम तथा विकास परियोजना हेर्ने बरिष्ठ अधिकृत नविन राज दाहाल र अधिकृत सुमनराज घिमिरेले गर्नु भएको थियो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

४ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप