चितवन स्थित अर्पण साकोस र ग्रामीण साकोस स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवन स्थित अर्पण साकोस र ग्रामीण साकोस स्क्यान कार्यक्रममा आबद्ध

चितवन । अर्पण बचत तथा ऋण सहकारी संस्था लि. रत्ननगर न.पा.१ र ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. राप्ती ०२,चितवन, दुइ साकोसले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) मा मंसिर १६ गते आबद्धता जनाएका छन् । 

अर्पण साकोस रत्ननगर १ का अध्यक्ष मोहदत्त पौडेल,संचालक सदस्य धनन्जय शर्मा,व्यवस्थापक विकाश अधिकारी नेफ्स्कूनका व्यवसाय अधिकृत यमकला पौडेल र बरिष्ठ अधिकृत केदारनाथ अधिकारीको उपस्थितिमा सम्झौता सम्पन्न भएको थियो ।

 ग्रामीण साकोस राप्ती ०२, चितवन का अध्यक्ष एकराज ओली,व्यवस्थापक सीताराम सिलवाल,सह व्यवस्थापक अनुपा सिलवाल पन्त नेफ्स्कूनका व्यवसाय अधिकृत यमकला पौडेल र बरिष्ठ अधिकृत केदारनाथ अधिकारीको उपस्थिति रहेको थियो । 

नेफ्स्कूनले आफ्ना सदस्य संघ संस्थाहरुको गुणस्तर मापन गर्ने उद्धेश्यले स्क्यान कार्यक्रमको सुरुवात गरेको हो । स्क्यान कार्यक्रममा संस्थाको वित्तीय विवरण,शुसासनको अवस्था,कानूनी परिपालना र जोखीम को स्तर मापन गरी आबद्ध संघ संस्थाहरुको स्क्यान मार्फत सुपरिवेक्षण भइरहेको छ ।  

सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढाइएको छ । बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थिति, सदस्यहरूले पाउनुपर्ने सेवा सुविधा, लाभांश तथा समावेशी सहभागिता, संस्थाभित्र सम्भावित त्रुटी, आर्थिक जोखिम र व्यवस्थापकीय सुधारका लागि सुझाव दिनु र संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिता मूल्यांकन साथै प्रविधिमा आधारित सदस्य सुचना प्रणालीको अधिकतम प्रयोग मार्फत जोखिम विष्लेषण गरी जोखिम न्यूनिकरणका उपायको खोजि गर्नु सुपरिवेक्षणको उद्देश्य रहेको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप