बागलुङको श्री बौडेश्वर मा.वि.का विद्यार्थीहरुलाई अफलातुन अन्तर्राष्ट्रिय संस्थाको साझेदारीमा पढ्दै कमाउँदै भन्ने व्यवहारिक शिक्षा प्रदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागलुङको श्री बौडेश्वर मा.वि.का विद्यार्थीहरुलाई अफलातुन अन्तर्राष्ट्रिय संस्थाको साझेदारीमा पढ्दै कमाउँदै भन्ने व्यवहारिक शिक्षा प्रदान

बागलुङ । सिवाईसी साकोसको समन्वयमा बागलुङको श्री बौडेश्वर मा.वि.का विद्यार्थीहरुलाई पढ्दै कमाउँदै भन्ने व्यवहारिक शिक्षा प्रदान गरिएको छ । अफ्लातुन अन्तर्राष्ट्रिय र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को संयुक्त साझेदारीमा बालबालिकाहरुमा उद्यमशील, सामाजिक तथा वित्तीय शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।

शिक्षाले सदैव समाजमा आर्थिक र सामाजिक विषयमा सुधार गर्दै बालबालिका र युवाको क्षितिजलाई फराकिलो बनाउँन सहयोग गर्छ । यस सन्दर्भमा नेफ्स्कूनले बालबालिकामा जीवनोपयोगी सिप, अधिकार, लैङ्गिकता, उद्यम र वचत तथा भविष्यको योजनाजस्ता विषयहरु समेटिएको अफ्लाटुनसँगको प्राविधिक सहयोगमा कार्यक्रम कार्यान्वयन गरिरहेको छ । यो कार्यक्रमले विद्यालय शिक्षाको सान्दर्भिकता बढाउने मात्र नभई शिक्षाले समाज रुपान्तरणमा निर्वाह गर्ने भूमिकालाई प्रष्ट बनाउनेछ । यस शिक्षा मार्फत पढदै कमाउँदै भन्ने अभ्यासलाई उजागर गर्छ । यो सानो उमेर देखि स्वाबलम्बी र आत्मानिर्भर हुनुपर्छ भन्ने सिकाई र खेलमार्फत प्रदान गरिने शिक्षा हो । 

यसैक्रममा संघले यस आर्थिक वर्ष २०८२।०८३ देखि पढदै कमाउँदै भन्ने शिक्षा बालबालिकाहरुमा अन्र्तनिहित महसुशीकरण गराउँने अभिप्राय सहित थालनी गरेको कार्यक्रम हो । यस आर्थिक वर्षमा १०० वटा विद्यालयहरुमा यस कार्यक्रमलाई पुर्याउने लक्ष्य संघले अगाडि सारेको छ । 

बागलुङको सबैभन्दा उचाईमा रहेको स्थान बागलुङ नगरपालिका ८, सिगानामा रहेको श्री बौडेश्वर माध्यामिक विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत बालबालिकाहरुका लागि प्रारम्भिक चरणको सिकाई यही पौष ९ गते प्रदान गरिएको हो । कार्यक्रमको प्राविधिक सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत राधा पौडेलले गर्नुभएको थियो । 

विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु बागलुङको सिवाईसी साकोसमा बालबचतकर्ता समेत रहेका छन् । जिल्लाको दुर्गम ठाउँमा अवस्थित उक्त विद्यालयलाई सिवाईसी साकोसले विभिन्न भौतिक तथा नगद सहयोगहरु समेत उपलब्ध गराउँदै आएको साकोसका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलले कुराकानीका क्रममा जानकारी गराउनुभएको छ । साकोसले विद्यालयमा थ्री जिरो क्लब गठन गरि पढ्दै कमाउँदै अवधारणालाई अगाडि बडाउँदै तरकारी तथा फूल उत्पादनका लागि टनेला निर्माण गरि विद्यार्थीहरुमा उत्पादन सीपको समेत विकास गर्दै लगेको छ । 

सानो उमेरबाटै विद्यार्थीहरुमा उद्यमी वन्नु पर्छ सोच विकास गर्नका लागि वचत शिक्षा र मेरो उद्यम मार्फत सुरक्षित भविष्य निर्माणको बाटोमा यो विद्यार्थीहरुलाई जोड्ने काम कार्यक्रमले गरेको छ । कार्यक्रम वडाका सदस्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेद बहादुर क्षेत्रीको अध्यक्षतामा र सम्बन्धित वडाका अध्यक्ष छम बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जीवनाथ गौतम, सिवाईसी नेपालका उपाध्यक्ष लक्षण खड्का, सिवाईसी साकोसका सञ्चालक समिति सदस्य गोपाल शर्मा, साकोसका सहायक प्रवन्धक शालिकराम पौडेल, सिवाईसी नेपालकी कर्मचारी विपना थापा, विद्यालयका शिक्षकहरुहरु लगायतको आतिथ्यता रहेको थियो । 

अफ्लातुन अन्तर्राष्ट्रियको पढ्दै कमाउँदै कार्यक्रम अन्गर्तत ६ भाग र ४२ सेसनहरु छन् । यसमा खण्ड १ः म र मेरो विचार, खण्ड २ः मेरो अधिकार: मेरो विचार, खण्ड ३ः मेरो लक्ष्य: मेरो छनौट, खण्ड ४: मेरो पैसा मेरो योजना, खण्ड ५ : मेरो उद्यम र खण्ड ६ : प्रतिविम्बन र आगामी चरणहरु रहेका छन् । प्रारम्भिक चरणमा खण्ड ५ को मेरो उद्यम अन्तर्गत बालबालिकाहरुलाई विविध उद्यमको परिचय गराउँदै सम्भाव्य उद्यमहरुको बारेमा पहिचान, बचतको भावना, गर्ने विधि, सोचाई र अभ्यास गराइनेछ ।

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

१ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

२ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

५ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

५ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

५ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२५ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२३ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप