बागलुङको श्री बौडेश्वर मा.वि.का विद्यार्थीहरुलाई अफलातुन अन्तर्राष्ट्रिय संस्थाको साझेदारीमा पढ्दै कमाउँदै भन्ने व्यवहारिक शिक्षा प्रदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागलुङको श्री बौडेश्वर मा.वि.का विद्यार्थीहरुलाई अफलातुन अन्तर्राष्ट्रिय संस्थाको साझेदारीमा पढ्दै कमाउँदै भन्ने व्यवहारिक शिक्षा प्रदान

बागलुङ । सिवाईसी साकोसको समन्वयमा बागलुङको श्री बौडेश्वर मा.वि.का विद्यार्थीहरुलाई पढ्दै कमाउँदै भन्ने व्यवहारिक शिक्षा प्रदान गरिएको छ । अफ्लातुन अन्तर्राष्ट्रिय र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को संयुक्त साझेदारीमा बालबालिकाहरुमा उद्यमशील, सामाजिक तथा वित्तीय शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।

शिक्षाले सदैव समाजमा आर्थिक र सामाजिक विषयमा सुधार गर्दै बालबालिका र युवाको क्षितिजलाई फराकिलो बनाउँन सहयोग गर्छ । यस सन्दर्भमा नेफ्स्कूनले बालबालिकामा जीवनोपयोगी सिप, अधिकार, लैङ्गिकता, उद्यम र वचत तथा भविष्यको योजनाजस्ता विषयहरु समेटिएको अफ्लाटुनसँगको प्राविधिक सहयोगमा कार्यक्रम कार्यान्वयन गरिरहेको छ । यो कार्यक्रमले विद्यालय शिक्षाको सान्दर्भिकता बढाउने मात्र नभई शिक्षाले समाज रुपान्तरणमा निर्वाह गर्ने भूमिकालाई प्रष्ट बनाउनेछ । यस शिक्षा मार्फत पढदै कमाउँदै भन्ने अभ्यासलाई उजागर गर्छ । यो सानो उमेर देखि स्वाबलम्बी र आत्मानिर्भर हुनुपर्छ भन्ने सिकाई र खेलमार्फत प्रदान गरिने शिक्षा हो । 

यसैक्रममा संघले यस आर्थिक वर्ष २०८२।०८३ देखि पढदै कमाउँदै भन्ने शिक्षा बालबालिकाहरुमा अन्र्तनिहित महसुशीकरण गराउँने अभिप्राय सहित थालनी गरेको कार्यक्रम हो । यस आर्थिक वर्षमा १०० वटा विद्यालयहरुमा यस कार्यक्रमलाई पुर्याउने लक्ष्य संघले अगाडि सारेको छ । 

बागलुङको सबैभन्दा उचाईमा रहेको स्थान बागलुङ नगरपालिका ८, सिगानामा रहेको श्री बौडेश्वर माध्यामिक विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत बालबालिकाहरुका लागि प्रारम्भिक चरणको सिकाई यही पौष ९ गते प्रदान गरिएको हो । कार्यक्रमको प्राविधिक सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत राधा पौडेलले गर्नुभएको थियो । 

विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु बागलुङको सिवाईसी साकोसमा बालबचतकर्ता समेत रहेका छन् । जिल्लाको दुर्गम ठाउँमा अवस्थित उक्त विद्यालयलाई सिवाईसी साकोसले विभिन्न भौतिक तथा नगद सहयोगहरु समेत उपलब्ध गराउँदै आएको साकोसका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलले कुराकानीका क्रममा जानकारी गराउनुभएको छ । साकोसले विद्यालयमा थ्री जिरो क्लब गठन गरि पढ्दै कमाउँदै अवधारणालाई अगाडि बडाउँदै तरकारी तथा फूल उत्पादनका लागि टनेला निर्माण गरि विद्यार्थीहरुमा उत्पादन सीपको समेत विकास गर्दै लगेको छ । 

सानो उमेरबाटै विद्यार्थीहरुमा उद्यमी वन्नु पर्छ सोच विकास गर्नका लागि वचत शिक्षा र मेरो उद्यम मार्फत सुरक्षित भविष्य निर्माणको बाटोमा यो विद्यार्थीहरुलाई जोड्ने काम कार्यक्रमले गरेको छ । कार्यक्रम वडाका सदस्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेद बहादुर क्षेत्रीको अध्यक्षतामा र सम्बन्धित वडाका अध्यक्ष छम बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जीवनाथ गौतम, सिवाईसी नेपालका उपाध्यक्ष लक्षण खड्का, सिवाईसी साकोसका सञ्चालक समिति सदस्य गोपाल शर्मा, साकोसका सहायक प्रवन्धक शालिकराम पौडेल, सिवाईसी नेपालकी कर्मचारी विपना थापा, विद्यालयका शिक्षकहरुहरु लगायतको आतिथ्यता रहेको थियो । 

अफ्लातुन अन्तर्राष्ट्रियको पढ्दै कमाउँदै कार्यक्रम अन्गर्तत ६ भाग र ४२ सेसनहरु छन् । यसमा खण्ड १ः म र मेरो विचार, खण्ड २ः मेरो अधिकार: मेरो विचार, खण्ड ३ः मेरो लक्ष्य: मेरो छनौट, खण्ड ४: मेरो पैसा मेरो योजना, खण्ड ५ : मेरो उद्यम र खण्ड ६ : प्रतिविम्बन र आगामी चरणहरु रहेका छन् । प्रारम्भिक चरणमा खण्ड ५ को मेरो उद्यम अन्तर्गत बालबालिकाहरुलाई विविध उद्यमको परिचय गराउँदै सम्भाव्य उद्यमहरुको बारेमा पहिचान, बचतको भावना, गर्ने विधि, सोचाई र अभ्यास गराइनेछ ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप