जिल्ला बचत सङ्घको आयोजनामा “राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्र लिमिटेड” दर्ता अभिलेखीकरण तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्ला बचत सङ्घको आयोजनामा “राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्र लिमिटेड” दर्ता अभिलेखीकरण तालिम सम्पन्न

सुनसरी । बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुको जिल्ला स्तरीय छाता सङ्घ जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड सुनसरीले सहकारी ऐनमा भएको व्यवस्था बमोजिम बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्र लिमिटेडमा दर्ता गर्ने प्रयोजनका लागि अभिमुखीकरण तालिम माघ २२ गते सम्पन्न भएको छ । 

सहकारी ऐन २०७४ संशोधन भई बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको दर्ता तथा नियमन गर्न गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्र लिमिटेडमा अनिवार्य दर्ता हुनुपर्ने कानूनी व्यवस्था पुरा गर्न सङ्घले सदस्य संस्थाहरुलाई ऐनमा भएको व्यवस्था र दर्ता अभिलेखीकरणका लागि आवश्यक प्रक्रिया सहितको तालिम सम्पन्न गरेको हो । 

देशभर ३२ हजार भन्दा बढी सहकारी रहेकोमा बचत तथा ऋणको कारोबार गर्ने सबै सहकारी संस्था राष्ट्रिय सहकारी नियमन प्राधिकरण तथा कर्जा सूचना केन्द्र लिमिटेडमा दर्ता भई नसकेकोले सङ्घले आफ्नो वार्षिक कार्ययोजनामा व्यवस्था भएको सहकारी व्यवस्थापन तालिम अन्तर्गत दर्ता अभिलेखीकरण तालिम सम्पन्न गरेको थियो । 

सङ्घका अध्यक्ष गोमा कुमारी गिरी खड्काको अध्यक्षता तथा सल्लाहकार प्रदिप पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा सुनसरी जिल्लाभरका ४४ वटा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । सङ्घका कार्यक्रम अधिकृत सुमन सुवेदी र नेफ्स्कून सदस्य सेवा विभागका कार्यक्रम अधिकृत मुकेश दाहालको संयुक्त सहजीकरणमा सम्पन्न तालिमले सहकारी संस्थाहरुलाई नियामक निकायमा दर्ता गरी कानून बमोजिम सहकारी व्यवस्थापन तथा सञ्चालनमा महत्वपुर्ण भुमिका खेलेको र आगामी दिनहरुमा समेत प्रविधी मैत्री सिकाई, सदस्य संस्थाहरुको माग र आवश्यकता बमोजिम निरन्तर शिक्षा, तालिम, बहस र पैरवीमा सङ्घ सक्रिय रहने सङ्घका अध्यक्ष खड्काले प्रतिबद्धता जनाउनु भयो । 

प्रचलित ऐन र सहकारी मर्म तथा भावना अनुसार सहकारी सञ्चालन तथा व्यवस्थापनमा सङ्घले सदैव आफ्नो दायित्व पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष खड्काले यस्ता तालिम नियमित रुपमा सञ्चालन गरिने भएकाले सदस्य संस्थाहरुलाई सक्रियताका साथ सहभागिता जनाउन आग्रह समेत गर्नुभएको छ । 

कार्यक्रममा विशेष अतिथी सङ्घका सल्लाहकार मिलिराम चौधरी, प्रमुख अतिथि पोखरेलले सिकाई निरन्तर चलिरहने प्रक्रिया भएकाले समयानुकुल प्रविधिमैत्री शिक्षा तालिममा जोड दिनुपर्ने आवश्यकता औल्याउदै तालिम आयोजनाका लागि सङ्घलाई विशेष धन्यवाद समेत ज्ञापन गर्नुभएको थियो । 

सहभागी संस्थाहरुलाई तोकिएको अवधिभित्र राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्र लिमिटेडमा दर्ता हुन सङ्घले आवश्यक सहजीकरण गर्ने स्पष्ट पारेको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुलाई दर्ता अभिलेखीकरणका लागि फाल्गुण ११ गते सम्मको समय थप गरेपछि संस्थाको माग र आवश्यकता बमोजिम तालिम आयोजना गरिएको सङ्घले जनाएको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप