संघर्ष दलित महिला साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
संघर्ष दलित महिला साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

बाँके । कोहलपुर–२, बाँके स्थित संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्था लि. नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा सम्झौताका साथै स्थलगत सुपरीवेक्षण माघ २६ गते सम्पन्न भएको छ ।

नेफ्स्कूनले सहकारी संस्थाहरूमा पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन र दिगोपनाको प्रवद्र्धन गर्ने उद्देश्यले आफ्ना सदस्य संघ संस्थाहरुको लागि स्क्यान कार्यक्रम सञ्चालनमा ल्याई स्थलगत सुपरीवेक्षण कार्यलाई निरन्तर रूपमा अघि बढाइरहेको छ ।

स्थलगत सुपरिवेक्षणको क्रममा संस्थाको स्तरीकरणका लागि आवश्यक विभिन्न सूचकहरूः आन्तरिक कार्यविधि तर्जुमा, सदस्यमैत्री उत्पादनका सेवाहरु, आवधिक योजना, सम्पत्ति शुद्धिकरण निवारण कार्यविधि, नियामक निकायका निर्देशनहरूको पालना, भाखा नाघेका ऋणको असुली, पूँजी प्रर्याप्तता अनुपात, सुचना प्रविधि व्यवस्थापन लगायतका विषयमा विस्तृत मूल्याङ्कन गरिएको थियो । साकोसको कानूनी जोखिम, वित्तीय जोखिम, ऋण जोखिम, तरलता जोखिम, सञ्चालन तथा सुशासन सम्बन्धी जोखिम, प्रविधि जोखिमहरूमा केन्द्रित रही संस्थाको समग्र जोखिम न्यूनीकरणका लागि व्यवहारिक सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो ।

नेफ्स्कूनका अनुगमन अधिकृत प्रविण अधिकारी, बरिष्ठ सहायक मदन कुमार चन्द र अनुगमन सहजकर्ता प्रकाश लुहारद्धारा भएको सुपरिवेक्षणमा साकोसका सञ्चालक समिति,  र व्यवस्थापनको सहभागीतामा सुधारात्मक विषयहरु सहितको प्रतिवेदन पेश भएको थियो भने संस्थाका का वा अध्यक्षद्धारा सुधार योजना तय गरी सुझाव कार्यान्वयन गर्ने प्रतिवद्धता सहित स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न भएको छ ।


 

भर्खरै
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

६३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६० दिन अगाडि

पाठकबाट थप